HamroNepalDainik.com
शिक्षासमाचार

एभरेष्ट पब्लिक स्कुलद्वारा फुड फेसटिबल कार्यक्रम सम्पन्न

बीरगंज । वीरगंज महानगरपालिका रनिघाट स्थित एभरेष्ट पब्लिक स्कुलले शुक्रबार फुड फेसटिबल कार्यक्रम सम्पन्न गरेको छ ।

स्कूल परिसरमा आयोजित कार्यक्रममा स्कूलका कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरु माछा, मासु, घोंगी, पानीपुरी,मोमो, चाउमिन  लगायतका १२ वटा स्टलहरु राखेका थिए ।

विद्यार्थीहरुको मनोबल उच्च पार्न तथा विद्यार्थीहरुले पढदै सिक्दै कमाउदै भन्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको स्कूलका प्रिन्सिपल नितु चौरसियाले बताईन् ।

विद्यार्थीहरुले बनाएको परिकार खाएर कार्यक्रमका अतिथि एवं सहभागीहरुले खुबै प्रशंसा गरेको अभिभावक रामेश्वर चौरसियाले बताए ।

स्कूलका प्रिन्सिपल चौरसियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ता, बिशिष्ट अतिथि डा. उमेश चौरसिया, त्यसैगरी उमेश साह, डा रामनाथ यादव, नुर्शेद आलम, सुद्धा पन्जियार, सुम चौधरी, उतम चौधरी, रिता महतो, अमृता कर्ण शिक्षक दिलिप पासवान, संचारकर्मी, स्थानीय लगायत अभिभावकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रमको सहजिकरण अरुण यादवले गरेका थिए ।

Related posts

वीरगंज–१६ नगवा स्थित नेशनल मोडेल स्कूलको चौथो वार्षिकोत्सव सम्पन्न

hamronepaldainik

साहको अध्यक्षतामा कानु युवा समाज नेपाल गठन

hamronepaldainik

कृषिमन्त्री भुसाल भन्छन्ः पूर्व पश्चिम नहर बनाऔँ

hamronepaldainik
HamroNepalDainik