HamroNepalDainik.com
समाचारस्थानिय

साहको अध्यक्षतामा कानु युवा समाज नेपाल गठन

वीरगंज, २३ फाल्गुन
आज पर्साको वीरगंज श्रीपुर स्थित कुमुदीनि एकेडेमीमा एक कार्यक्रमबीच कानु युवा समाज नेपाल तदर्थ समिति गठन भएको छ । अकलेस कुमार साहको अध्यक्षतामा बसेको बैठकले समिति गठन गरेको छ ।

कानु समाज उत्थानको उद्देश्यको लागि यो कानु युवा समाज नेपाल नामक समिति गठन गरिएको छ । भोलिको दिनमा कुनै किसिमको स्वाजातीय माथि समस्या आइपरेमा यो समाजले सहयोग गर्ने आउने दिनमा यो समितिले बिभिन्न किसिमका समाज उत्थानको लागि क्रियाकलाप गर्ने जस्तै शिक्षा, स्वास्थ्य जस्ता समाजिक कार्यहरुमा उत्तरदायी भुमिका निर्वाह गर्ने र यो समाजले नेपाल भरी छरीएर बसेका कानु समाजका युवाहरुलाइ संगठित गरी अगाडि बढ्ने अकलेस कुमार साहले बताए ।

यस कानु युवा समाज नेपालका तदर्थ समितीका अध्यक्ष श्रवण प्रसाद साह, उपाध्यक्ष अकलेस कुमार साह, सचिव मानिकचन साह, सह-सचिव राजेश कुमार गुप्ता, कोषाध्यक्ष अनिल कुमार गुप्ता, सदस्य श्रवण प्रसाद कानु, राजन साह कानु, साजन कुमार गुप्ता, धनराज गुप्ता लगायत ११ सदस्यीय तदर्थ समिति चयन गरिएको समाजका सचिव मानिकचन साहले बताए ।

Related posts

सबैभन्दा धेरै राजस्व संकलन गर्ने वीरगंज नै सरकारकाे उपेक्षामा : मेयर सिंह

hamronepaldainik

मुस्लिम युवक मियाले भुईपरि गर्दै पुगे छठ घाट

hamronepaldainik

बिरगंजमा मुख्यमन्त्री राउत र मुस्लिम आयोगका अध्यक्ष अंसारीको पुतला दहन

hamronepaldainik
HamroNepalDainik