HamroNepalDainik.com
समाचारस्थानिय

एसपी गौतम मिश्रले पर्सा जिल्लाको कमाण्ड सम्हाले

PARSA

१४ माघ, बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखकोमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सोमबार आफ्नो कार्यभार सम्हालेका छन्।  चितवनबाट सरुवा भई आएका एसपी मिश्रले कार्यालयमा औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।

एसपी मिश्रलाई जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईंलगायतका प्रहरी अधिकारीहरूले स्वागत गरेका थिए। मिश्रले इमान्दारिता, अनुशासन र कर्तव्यनिष्ठाको आधारमा आफ्नो कार्यकाल अघि बढाउने प्रतिबद्धता जनाउँदै प्रहरी जवानदेखि अधिकारीसम्मलाई निर्देशन दिएका छन्।

एसपी मिश्रले यसअघि २०६४ सालमा वडा प्रहरी कार्यालय श्रीपुरको प्रमुखका रुपमा कार्य गरेका थिए। सोही कार्यकालमा उनले विभिन्न दाताहरूको सहयोगमा भाडाको भवनमा सञ्चालनमा रहेको कार्यालयलाई निजी भवन निर्माण गरी व्यवस्थित रूपमा सञ्चालनमा ल्याएका थिए।

एसपी मिश्र चितवनमा सरुवा भएको दुई महिनामै पर्सा जिल्लाको नेतृत्वका लागि नियुक्त भएका हुन्। उनका अनुसार आफ्नो नेतृत्वमा पर्सा जिल्लामा शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा ध्यान केन्द्रित गरिनेछ।

पर्सा जिल्लामा कार्यभार सम्हालेपछि एसपी मिश्रले प्रहरी संगठनभित्र अनुशासन, इमान्दारी र जनताप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने बताए ।

Related posts

मतदाता नामावली संकलन मंसिर १७ गतेदेखि, आफू बसेको ठाउँबाटै दर्ता गर्न सकिने

hamronepaldainik

प्रतिफल नदिने योजना खारेज गर्छौं : अर्थमन्त्री पुन

hamronepaldainik

आन्तरिक राजस्व कार्यालय वीरगञ्ज द्वारा १९ जना करदाताको बैङ्क खाता तथा सम्पत्ति रोक्का

hamronepaldainik
HamroNepalDainik