HamroNepalDainik.com
समाचारस्थानिय

पूर्वराष्ट्रपति भण्डारीद्वारा महिलालाई आत्मविश्वासी बनि नेतृत्व लिन आह्वान

१४ भदौ, वीरगंज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई समाज परिवर्तन र नेतृत्व लिन आत्मविश्वासी बन्न आह्वान गरेकी छन्। वीरगंज उद्योग वाणिज्य संघद्वारा शनिबार आयोजित ‘बृहत महिला सम्मेलन–२०८२’ मा बोल्दै उनले महिलाको योगदान परिवार निर्माणदेखि उद्योग–व्यवसाय, शिक्षा, स्वास्थ्य र सामाजिक रुपान्तरणसम्म अग्रपंक्तिमा रहेको उल्लेख गरिन्।

भण्डारीले महिलाको शक्ति र त्यागलाई संस्थागत रूपमा सम्मान गर्न सकियो भने समृद्ध नेपालको सपना पूर्णरुपमा पूरा हुने बताइन्। उनले मधेसका जनताले चुरे क्षेत्रको दोहन, मरुभूमिकरण, बाढी डुबान र भूमिगत पानीको स्तर घट्ने समस्याबाट जुद्धिरहेको पनि औँल्याइन् र सरकारलाई कडाइका साथ नियमन गर्न आवश्यक रहेको बताइन्।

सम्मेलनमा महिलाको उद्यमशीलतालाई प्रोत्साहन गर्न र आगामी पुस्तालाई प्रेरित गर्न जोड दिँदै उनले “महिलाको अग्रसरता सिंगो राष्ट्रको हित” भएको बताइन्। समाजमा कायम लैंगिक असमानता, पूर्वाग्रह र अवरोध तोड्न महिलाले आत्मबल प्रदर्शन गर्नुपर्नेमा पनि उनले जोड दिइन्।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, महिला उद्यमशीलता विकास समितिका सभापति डा. लक्ष्मी गुप्ता लगायतको उपस्थिती रहेको थियो । सम्मेलनमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याएका २५ जना महिलाहरूलाई प्रमुख अतिथि भण्डारीले दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिन्।

संयोजनले यो सम्मेलनले महिला नेतृत्व, उद्यमशीलता र समान अवसरप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्दै नीति निर्माणमा सशक्त सन्देश दिने विश्वास व्यक्त गरेको छ।

Related posts

सात दिन भित्र विवरण बुझाउन धार्मिक स्थलहरूमा महानगरले पठायो पत्र

hamronepaldainik

एच.ए लाईसेन्समा नाम निकाल्न सफल छात्रालाई सम्मान

hamronepaldainik

त्रिशूलीमा बेपत्ता बसको पर्दा भेटियो

hamronepaldainik
HamroNepalDainik