HamroNepalDainik.com
समाचारस्थानिय

जगरनाथपुर तस्राे अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट २०८१ काे उपाधि जानकीटाेलालाई

१ मंसिर, वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका तस्राे अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट २०८१ काे उपाधि जगरनापुर गाउँपालिकाकाे वडा नं. २ जानकीटाेलाले जितेकाे छ । शनिबार भएकाे फाइनल खेलमा जगरनाथपुर गाउँपालिकाकै वडा नं. ६ औंराहालाई २३ रनले हराउँदै वडा नं. २ जानकीटाेला विजयी भएकाे हाे ।

सुरुमा ब्याटिङ्ग गरेकाे वडा नं. २ ले पुरै ओभर खेल्दै ९ विकेटकाे नाेक्सानीमा १३५ रन बनाउन सफल भएकाे थियाे । त्यसपछि जवाफी ब्याटिङ्गमा उत्रेकाे वडा नं. ६ ले १९ ओभर मै पुरै विकेटकाे नाेक्सानीमा ११२ रन मै समेटिएपछि वडा नं. २ विजयी घाेषित भएकाे थियाे ।

 

टुर्नामेन्टका विजेता टिम वडा नं. २ लाई पूर्व उद्याेग वाणिज्य तथा आपुर्ति मन्त्री एवं प्रतिनिधि सभा सदस्य रमेश रिजाले पुरस्कार राशि रु ४० हजारकाे चेक र मेडल प्रदान गरेका थिए । उप विजेता टिम वडा नं. ६ लाई गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले पुरस्कार राशि रु २० हजारकाे चेक र मेडल प्रदान गरे ।

फाइनल खेलकाे म्यान अफ द मैच वडा नं. २ का अरबाज आलम, बेष्ट ब्याट्स म्यान वडा नं. ६ का राहुल चाैबे, बेष्ट ब्लर वडा नं. ६ का सहदेव पटेल, बेष्ट फिल्डर वडा नं. २ का खुस्रेद आलम, बेष्ट किपर वडा नं. ६ का दिलरन्जन यादव र म्यान अफ द सेरिज वडा नं. ६ का राहुल चाैबे भएका थिए ।

टुर्नामेन्टकाे पुरस्कार वितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडा नं. २ का वडाध्यक्ष नेपाली कुशवाहा, वडा नं. ६ का वडाध्यक्ष रामअयाेध्या पटेल, विओपी भिखमपुरका डिएसपी रिवाज दहाल, याेजना शाखा प्रमुख पिन्कु राम, कृषि शाखा प्रमुख दया चाैहान, मन्जय राम लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Related posts

युवा संघ नेपाल पर्सा तदर्थ समिति गठन, संयोजकमा श्रीवास्तव

hamronepaldainik

अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार छः अर्थमन्त्री पौडेल

hamronepaldainik

जनता आवास कार्यक्रमको बजेटमा संयोजक देखि कार्यालय निमित्त प्रमुखको रजाई

hamronepaldainik
HamroNepalDainik