HamroNepalDainik.com
आर्थिकसमाचारस्थानिय

साउनमा वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

१६ भदौ, वीरगञ्ज।

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु दुई अर्ब ६५ करोड ६६ लाख आठ हजार मूल्य बरावरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आ/व को साउनको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयबाट हुने निर्यात सात दशमलव १६ प्रतिशतले अर्थात रु १७ करोड ७५ लाख एक हजारले बढेको बताएका थिए ।

गत आवको साउनमा रु दुई अर्ब ४७ करोड ९१ लाख ६७ हजार बराबरको वस्तु तथा सामान निर्यात भएको थियो । कार्यालयका अनुसार सो अवधिमा विशेष गरी जुस जाम, फलामे पाता, जमोठ कपडा, पिना, सेन्थेटिक यार्न, मनोरञ्जनका सामानहरु, बत्तिसा, त्रिफला, कवाज, च्यवनप्राश, कुकुर तथा विरालोको खाना, तयारी कपडा, रेसाको कपडा, कार्पेट र गलैँचालगायत निर्यात भएको छ ।

कार्यालयका अनुसार गत साउनमा रु ४९ लाख ४८ हजार आठ सय १८ लिटर जुस जाम निर्यात हुँदा रु ४८ करोड नौ हजार विदेशी मुद्रा भित्रिएको छ । जबकी गत आवको सोही अवधिमा रु ५३ लाख २७ हजार आठ सय ६७ लिटर जुस जाम निर्यातबाट रु ५१ करोड ४१ लाख २२ हजार विदेशी मुद्रा आर्जन भएको थियो । गत साउनमा नाका हुँदै २९ लाख ७७ हजार नौ सय १० किलोग्राम फलामे पाता निर्यात हुँदा रु ३७ करोड ३९ लाख ९१ हजार विदेशी मुद्रा आर्जन भएको छ ।

गत आवको सोही अवधिमा ३३ लाख ७७ हजार चार सय २० किलोग्राम फलामे पाता निर्यात हुँदा रु ४४ करोड ४५ लाख ८२ हजार विदेशी मुद्रा आर्जन भएको थियो । कार्यालयका अनुसार गत साउनमा जमोठ कपडा ८० हजार दुई सय ६७ किलोग्राम निर्यात हुँदा १६ करोड २२ लाख ६० हजार विदेशी मुद्रा आएको छ । गत आवको सोही अवधिमा एक लाख १२ हजार एक सय ४९ किलोग्राम जमोठ कपडा निर्यात गर्दा रु १९ करोड ४३ लाख २३ हजार विदेशी मुद्रा प्राप्त भएको थियो । रासस

Related posts

बिन्दबासिनी गाउँपालिका वडा नं.४ को अध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट चौरसिया मनोनयन दर्ता

hamronepaldainik

थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

hamronepaldainik

तलब नपाएको भन्दै निजी विद्यालयका शिक्षकले महानगर प्रमुखलाई बुझाए ज्ञापन

hamronepaldainik
HamroNepalDainik