काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका छन् ।
शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले राजीनामा बुझाएका हुन् । राजीनामा बुझाउनेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव र वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडी रहेका छन् । जसपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन शुक्रवार नै फिर्ता लिएको छ । अनलाईन नेपाल

