HamroNepalDainik.com
समाचारस्थानिय

महानगर प्रमुख सिंहले गरे स्वास्थ्य चौकीको शिलान्यास

वीरगंज
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वडा नं. १२ मुर्ली पोखरी परिसरमा निर्माण हुन लागेको वडा स्वास्थ्य चौकीको सोमबार शिलान्यास गरेका हुन  ।
आगामी अषाढ मसान्तभित्रै निर्माण सम्पन्न गरिसक्ने गरि सुरु भएको वडा कार्यालयको सोमबार एक कार्यक्रमकाबीच प्रमुख सिंहले शिलान्यास गरेका हुन ।
वडा स्वास्थ्य चौकी भाडामा संचालन गर्नु पर्दा निकै कठिनाई भइरहेकाले महानगरपालिकाले स्वास्थ्य चौकी निर्माणको काम अघि बढाएको हो ।
स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै महानगर प्रमुख सिंहले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको पहुँचमा सहज रुपमा पु¥याउन आफ्नै भवन निर्माणको काम अघि बढाइएको उनले बताए । उनले निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन पनि दिए ।
महानगरपालिकाले मुर्लीमा ८६ लाख ३६ हजार ६ सय ९६ रुपैयाँको लागतमा निर्माण गर्न लागेको स्वास्थ्य चौकीको ठेक्का दिब्य सूर्योदय आस्था जे.भि.ले सकार गरेको छ । यही असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी कम्पनीले टेन्डर सकार गरेको हो ।
शिलान्यास कार्यक्रममा वडा नं. १२ का वडाध्यक्ष सुरेश प्रसाद गुप्ता, वडा नं. ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वडा नं. २३ का वडाध्यक्ष अवधकिशोर प्रसाद कुशवाहा, महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई लगायतको सहभागिता रहेको थियो ।

Related posts

वीरगंज नापी कार्यालयका बिचाैलिया एक लाख पचिस हजार घुस सहित रंगे हात पक्राउ

hamronepaldainik

तिलावे पुल निर्माण दबाब समुहका सम्पुर्ण युवाहरूदवार कार्यक्रम सम्पन्न

hamronepaldainik

ठगी धन्दा चलाएका मेरी सर्भिसले बिरामीहरुको ज्यान सँग खेलवाड गर्दै

hamronepaldainik
HamroNepalDainik