HamroNepalDainik.com
समाचार

१७ लाख ठगि गर्ने कलैयाका एक जना पक्राउ

१९ वैशाख, कलैया  ।
कारागारमा रहेकाहरूलाई छुटाइदिन्छु भन्दै रकम ठगी गर्ने कलैया बाट एक जनालाई  बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–२३ बैराठपुर बस्ने २५ वर्षीय सहदेव पटेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार पटेलले अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार कार्यालय पर्सामा रहेका एक व्यक्तिसँग १० लाख रुपैयाँ लिएका थिए ।
भने  त्यस्तै, अर्को उनले जबरजस्ती करणी मुद्दाको पुर्पक्षमा रहेका व्यक्तिसँग पनि ७ लाख रुपैयाँ लिएर ठगी गरेका थिए ।पुर्पक्षमा रहेका व्यक्तिहरूको आफन्तले दिएको जाहेरीको आधारमा पटेललाई गत वैशाख ४ गते पक्राउ गरी ठगी मुद्दा दर्ता गरिएको न्यौपानेले जानकारी दिए । जिल्ला अदालत बाराबाट म्याद थप गरी पटेलमाथि अनुसन्धान भइरहेको बारा प्रहरीले जानाकारी दिएका  छन् ।

Related posts

शिक्षा समितिको सदस्यमा चौरसिया मनोनित

hamronepaldainik

कर नबुझाउनेलाई कारबाही

hamronepaldainik

वीरगञ्ज पब्लिक कलेज सिङ्गीङ् आईडल सम्पन्न

hamronepaldainik
HamroNepalDainik