HamroNepalDainik.com
खेलकुदसमाचार

दीपेन्द्र बने एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

१ वैशाख, काठमाडौं ( नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका छन् ।

दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका हुन् । यसअघि दीपेन्द्रले केही महिनाअघि मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए । तर एकै ओभरमा हानेका थिएनन् ।

दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का हानेका हुन् । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाए । नेपालले कतारलाई २११ रनको विशाल लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । अनलाईन खबर

Related posts

मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

hamronepaldainik

बिन्दवासिनीमा जस्ताले लागेर १०७ वर्षीय वृद्धको मृत्यु

hamronepaldainik

मधेश सरकारकाे वन मन्त्रीमा रमेश कुर्मी नियुक्त

hamronepaldainik
HamroNepalDainik