HamroNepalDainik.com
समाज

समाजसेवी राज शाहले मनाए आमाको माया छात्रावासमा होली मिलन समारोह

वीरगन्ज आमाको माया छात्रावासमा रहेका विद्यार्थीहरुसँग होली मिलन समारोह गरि होलीको शुभकामना आदानप्रदान गरिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १ निवासी समाजसेवी राज शाह कानुले पशुपति शिक्षा मन्दिर स्थित आमा को माया छात्रावासमा युवा विद्यार्थीहरुसँग होली मिलान समहरोह गरि आयोजना गरि होलीको खुसी साटासाट गरेका छन् ।

बदलिँदो परिस्थिति र पर्व मनाउने शैलीमा परिवर्तन हुँदै गइरहेको अवस्थामा समारोहकै नाममा अनावश्यक रुपले पैसा खर्च गर्नु भन्दा भविष्यका कर्णधार र आफ्ना परिवारसँग टाढारहेका भाईहरूसँग होली मनाउन पाउदा राम्रो अनुभुती भएको समाजसेवी शाहले बताए ।

छात्रावासको सभाहलमा आयोजित समारोहमा मानवसेवा आश्रमका देवेश गुप्ता, वीरगन्जका युवा शरण गुप्ता, ओम कुमार झा, आकाश दास लगायत को उपस्थिति रहेको थियो ।

Related posts

महिलालाई आत्मनिर्भर बनाउन महानगरले काम गरिरहेको छ ः मेयर सिंह

hamronepaldainik

आदर्श डेली अनलाईनको तेस्रो वार्षिकोत्सव समारोह सम्पन्न

hamronepaldainik

भारत तर्फ लागिरहेको अवस्थामा एक युवतीको उद्धार, एकजना पक्राउ

hamronepaldainik
HamroNepalDainik