HamroNepalDainik.com
समाज

समाजसेवी राज शाहले मनाए आमाको माया छात्रावासमा होली मिलन समारोह

वीरगन्ज आमाको माया छात्रावासमा रहेका विद्यार्थीहरुसँग होली मिलन समारोह गरि होलीको शुभकामना आदानप्रदान गरिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १ निवासी समाजसेवी राज शाह कानुले पशुपति शिक्षा मन्दिर स्थित आमा को माया छात्रावासमा युवा विद्यार्थीहरुसँग होली मिलान समहरोह गरि आयोजना गरि होलीको खुसी साटासाट गरेका छन् ।

बदलिँदो परिस्थिति र पर्व मनाउने शैलीमा परिवर्तन हुँदै गइरहेको अवस्थामा समारोहकै नाममा अनावश्यक रुपले पैसा खर्च गर्नु भन्दा भविष्यका कर्णधार र आफ्ना परिवारसँग टाढारहेका भाईहरूसँग होली मनाउन पाउदा राम्रो अनुभुती भएको समाजसेवी शाहले बताए ।

छात्रावासको सभाहलमा आयोजित समारोहमा मानवसेवा आश्रमका देवेश गुप्ता, वीरगन्जका युवा शरण गुप्ता, ओम कुमार झा, आकाश दास लगायत को उपस्थिति रहेको थियो ।

Related posts

विन्दबासिनीमा विकास पटेलको अध्यक्षतामा नेविसंघको ५१ सदस्यिय समिति गठन

hamronepaldainik

सवारी दुर्घटना बढ्दै गएकोले सर्तक्ता अपनाउन मोटरसाईकल (salowly) गेम सम्पन्न

hamronepaldainik

आदर्श डेली अनलाईनको तेस्रो वार्षिकोत्सव समारोह सम्पन्न

hamronepaldainik
HamroNepalDainik