HamroNepalDainik.com
समाचार

सिरहाको गोलबजारमा महिलाको हत्या, श्रीमान् घाइते

२६ फागुन, जनकपुरधाम । सिरहाको गोलबजारमा एक जना महिलाको हत्या भएको छ । गोलबजार नगरपालिका-६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिताकुमारी साहको शुक्रबार राति हत्या भएको हो ।

सिलौटो(लोढी) ढुंगा प्रहार गरी हत्या भएको जस्तो देखिएको सिरहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले बताए । उनका अनुसार अनुहारमा  ढुंगाले हिर्काएको चोट देखिएको छ । सुत्ने खाट नजिकै अनिताको शव फेला परेको हो ।

मृतक अनिताका पति समेत घाइते छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । साह दम्पती गत एक वर्षदेखि स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका थिए ।

राति २ बजे मात्र यो घटना विषयमा प्रहरीले जानकारी पाएको थियो । घटनास्थलमा एसपी आचार्यको टोली पुगेर अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा संलग्न भएको हुनसक्ने आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको एसपी आचार्यले जानकारी दिए ।

घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । धनुषाको लालगडबाट ल्याएको प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ ।साभार अनलाइन खबर

Related posts

कानुन व्यवसायीले सर्वोच्च अदालतमा प्रदर्शन नगर्ने

hamronepaldainik

मन्त्री यादवद्वारा छानबिन समिति गठन

hamronepaldainik

मधानी महोत्सवमा विशेष सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

hamronepaldainik
HamroNepalDainik