HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दवासिनी जनस्वास्थ्य प्रयोगशालाको उदघाटन सम्पन्न

वीरगंज ।
पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं. ४ अमरपट्टीमा बिन्दवासिनी जनस्वास्थ्य प्रयोगशालाको एक समारोहका बीच बुधवार उदघाटन सम्पन्न भएको छ ।
मधेश प्रदेश सरकारको आर्थिक सहयोग एवं स्थानिय तहको समन्वयमा वडा नं. ४ को कार्यालय भवनको भुई तल्लामा प्रमुख अतिथि पर्सा क्षेत्र नं. २ का सांसद् अजय चौरसियाले रिबन काटेर प्रयोगशालाको उदघाटन गरेका थिए । नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका चौरसियाले प्रदेश सरकारले पर्सा जिल्लाको ग्रामिण क्षेत्रमा सस्तो एवं सुविधा सम्पन्न प्रयोगशाला सुरु गरेकोमा धन्यबाद समेत दिएका थिए ।
वडाध्यक्ष अनोज कुमार चौरसियाको सभापतित्वमा भएको सो उदघाटन समारोहमा प्रदेशसभा सदस्य जनाद्र्धन सिंह क्षेत्री, श्याम पटेल, मधेश प्रदेशका पूर्व मन्त्री ओमप्रकाश शर्मा, बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी, नेपाली काँग्रेसका उपसभापति एवं पालिकाका बोर्ड सदस्य अशोक गुप्ता, शम्भु चौरसिया, वडा नं. ५ का वडाध्यक्ष मोहन यादव, प्रयोगशालाका प्रमुख उमाकान्त ठाकुर, पालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश चौहान, अमरपट्टी स्वास्थ्य चौकी प्रमुख पिंकी कुशवाहा लगायत स्थानियहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।
सो ल्याबबाट ५४ प्रकारका परिक्षण हुने जनाईएको छ । गाउँमै ल्याब सञ्चालनमा आए पछि सदरमुकाम वीरगंज लगायतका अन्य शहरहरुमा जानु पर्ने बाध्यता अन्त्य भएकोले स्थानियवासीहरु खुसी भएको वडा नं. ४ का वडाध्यक्ष अनोज चौरसियाले बताए ।

Related posts

राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

hamronepaldainik

अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार छः अर्थमन्त्री पौडेल

hamronepaldainik

आदर्शनगर चोकमा जडान गरेको नि:शुल्क खानेपानी मेसिनको मेयर सिंहले गरे उद्घाटन

hamronepaldainik
HamroNepalDainik