HamroNepalDainik.com
समाचारस्थानिय

वीरगंज–१९ बर्वामा नालामाथी बनेको घरटहरा माथि चल्यो डोजर

३० कात्तिक, बिरगंज
वीरगंज महानगरपालिका वडा नं. १९ बर्वागोगमा सार्वजनिक जग्गा, नाला अतिक्रमण गरी बनाईएको घर टहरामाथि डोजर लगाएको छ ।
मुख्य नाला माथि घर, पसल, टहरा निर्माण गरेको हुँदा नाला सफाईमा अवरोध भएकाले महानगरले डोजर लगाएर खाली गराएको छ ।
नालामाथि बनेको संरचना हटाउन पटक पटक मौखिक सूचना जारी गर्दा पनि अटेर गरेर नहटाएपछि वडा नं. –१९ का वडा अध्यक्ष मुकेश कुमार चौरसियाको नेतृत्वमा महानगरको टोलीले डोजर लगाएर हटाउन सुरु गरेको हो ।
छठ पर्व नजिकदै जादा सरसफाइमा अवरोध भएकाले घरहरु हटाइएको छ । नालामाथी रहेको घर पसलहरुको कारण पटक पटक दुर्घटना बढन थालेको स्थानीयहरुले बताएका छन ।
सो अवसरमा वडा अध्यक्ष मुकेश चौरसिया, वडा सदस्य उपेन यादव, बिन्देश्वर चौरसिया, अमिरी यादव, रामचन्द्र चौरसिया, देशबन्धु श्रीवास्तव, स्थानिय युवा लगायतको सहभागिता रहेको थियो ।

Related posts

धोबिनी गाउँपालिकाकाे ८ ‌औं गाउँ सभा प्रति केही गाउँ सभा सदस्यहरु असन्तुष्ट

hamronepaldainik

Testing

admin

समाजवादी प्रेस संगठन नेपाल, पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न

hamronepaldainik
HamroNepalDainik