HamroNepalDainik.com
समाचारस्थानिय

वीरगंज–१९ बर्वामा नालामाथी बनेको घरटहरा माथि चल्यो डोजर

३० कात्तिक, बिरगंज
वीरगंज महानगरपालिका वडा नं. १९ बर्वागोगमा सार्वजनिक जग्गा, नाला अतिक्रमण गरी बनाईएको घर टहरामाथि डोजर लगाएको छ ।
मुख्य नाला माथि घर, पसल, टहरा निर्माण गरेको हुँदा नाला सफाईमा अवरोध भएकाले महानगरले डोजर लगाएर खाली गराएको छ ।
नालामाथि बनेको संरचना हटाउन पटक पटक मौखिक सूचना जारी गर्दा पनि अटेर गरेर नहटाएपछि वडा नं. –१९ का वडा अध्यक्ष मुकेश कुमार चौरसियाको नेतृत्वमा महानगरको टोलीले डोजर लगाएर हटाउन सुरु गरेको हो ।
छठ पर्व नजिकदै जादा सरसफाइमा अवरोध भएकाले घरहरु हटाइएको छ । नालामाथी रहेको घर पसलहरुको कारण पटक पटक दुर्घटना बढन थालेको स्थानीयहरुले बताएका छन ।
सो अवसरमा वडा अध्यक्ष मुकेश चौरसिया, वडा सदस्य उपेन यादव, बिन्देश्वर चौरसिया, अमिरी यादव, रामचन्द्र चौरसिया, देशबन्धु श्रीवास्तव, स्थानिय युवा लगायतको सहभागिता रहेको थियो ।

Related posts

राष्ट्रिय वाणिज्य बैंककाे बार्षिकाेत्सवमा सत्ताव्यापी कार्यक्रम सम्पन्न

hamronepaldainik

प्राईम कमर्सियल बैंकको वार्षिकोत्सवमा १० महिला सहित ७६ जनाले गरे रक्तदान

hamronepaldainik

माघ १५ सम्म स्कुल बन्द, सार्वजनिक स्थानमा खोप लगाएकालाई मात्र प्रवेश

hamronepaldainik
HamroNepalDainik