HamroNepalDainik.com
समाचारस्थानिय

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा

वीरगञ्ज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ विद्यार्थी नै थुनामा परेको घटना बाहिर आएको छ। पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका – २४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि सङ्कायको कक्षा सञ्चालन गर्न माग गरेपछि विद्यार्थीलाई सोही विद्यालयका शिक्षकहरूले थुनेर राखेको घटना सार्वजनिक भएको हो । यो घटना २०८० असोज १५ गते सोमबार आ बिहान १० बजेको हो ।
पठनपाठन नियमित सञ्चालन गर्न माग गरेपछि विद्यालय प्रशासनले आफूहरूलाई कुटपिट गर्नाका साथै घन्टौं थुनेर राखेको विद्यार्थीहरूले आरोप लगाएका छन् ।
दैनिक सात घण्टी पढाइ हुनुपर्नेमा एक घण्टी समेत पढाइ नभएको जानकारी महानगरपालिकाको शिक्षा महाशाखामा गराउँदा समेत कुनै सुनुवाइ नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

विद्यालय प्रशासनले आफूहरूबाट सबै शुल्क असुल गरे पनि अहिलेसम्म पूरै किताबसमेत उपलब्ध नगराएका कारण दोस्रो वर्षको पहिलो सेमेस्टर परिक्षामा ११ मध्ये एकजना मात्र उत्तीर्ण भएको विद्यार्थीहरू बताउँछन् । प्राविधिक शिक्षाको कक्षा नियमित सञ्चालन नभएको विषयमा विद्यालय प्रशासनसँग बुझ्दा विद्यालयका प्रअ बिदामा रहेकाले प्रविधिक कक्षाबारे उहाँले नै जानकारी दिने जनाएको छ ।
महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यालयमा अध्यापन गराउने शिक्षकले तलब नपाएका कारण पढाइ नभएको जानकारी दिनुभयो । उहाँले शिक्षकको सबै तलब समयमै पठाएको विद्यलायको प्रतिवेदनबाट देखिएपछि सो घटनाको छानबिन सुरु गरिएको बताउनुभयो ।

Related posts

भीआईपीहरूको उपचार नेपालमै गर्न समिति गठन

hamronepaldainik

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा भियतनामको व्यवसायीक उद्यान (व्यापारिक पार्क) अवलोकन

hamronepaldainik

तराईमा चिसो बढेसँगै आगोको सहाराले दिनचर्या विताउँदै सर्वसाधारण

hamronepaldainik
HamroNepalDainik