HamroNepalDainik.com
समाचारसमाज

वीरगंजलाई हरित शहर बनाउन सबैले वृक्षारोपण गरौँ : मेयर सिंह

वीरगंज, ६ असोज
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरलाई हरियाली बनाउन चोकचोक र खाली स्थानमा वृक्षारोपण गर्न सबै सँग आग्रह गरेका हुन ।
‘सफा वीरगंज, स्वच्छ वीरगंज’ बनाउने अभियानमा लागि परेको भन्दै उहाँले महानगरले समेत अहिले वृक्षा रोपणलाई तिब्रता दिएको र यसमा सबै क्षेत्रले साथ र सहयोग गर्नु पर्नेमा जोड दिएका थिए  ।
एलाइड युथ सोसाइटी र पहिलो पाइला नेपालको संयुक्त आयोजनामा रजत जयन्ती चोकमा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागि हुँदै उहाँले युवाहरु जस्तै सबै क्षेत्रको साथ भए वीरगंजलाई वैभव बनाउन समय नलाग्ने बताए।
कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति डा.दिपक शाक्य, ससस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंह, विभिन्न संघसस्थाका प्रतिनिधि, एलाइड युथ सोसाइटीका अध्यक्ष ओमकुमार झा, पहिलो पाइला नेपालका उपाध्यक्ष राज साह लगायतको सक्रिय सहभागिता रहेको थियो ।

Related posts

मन्त्रिपरिषद आजै विस्तार गर्ने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड

hamronepaldainik

द्वार देवी मन्दिर संचालन तथा संरक्षण समिति द्वारा सम्मान कार्यक्रम सम्पन्न।

hamronepaldainik

लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ

hamronepaldainik
HamroNepalDainik