HamroNepalDainik.com
समाचारसमाज

वीरगंजलाई हरित शहर बनाउन सबैले वृक्षारोपण गरौँ : मेयर सिंह

वीरगंज, ६ असोज
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरलाई हरियाली बनाउन चोकचोक र खाली स्थानमा वृक्षारोपण गर्न सबै सँग आग्रह गरेका हुन ।
‘सफा वीरगंज, स्वच्छ वीरगंज’ बनाउने अभियानमा लागि परेको भन्दै उहाँले महानगरले समेत अहिले वृक्षा रोपणलाई तिब्रता दिएको र यसमा सबै क्षेत्रले साथ र सहयोग गर्नु पर्नेमा जोड दिएका थिए  ।
एलाइड युथ सोसाइटी र पहिलो पाइला नेपालको संयुक्त आयोजनामा रजत जयन्ती चोकमा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागि हुँदै उहाँले युवाहरु जस्तै सबै क्षेत्रको साथ भए वीरगंजलाई वैभव बनाउन समय नलाग्ने बताए।
कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति डा.दिपक शाक्य, ससस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंह, विभिन्न संघसस्थाका प्रतिनिधि, एलाइड युथ सोसाइटीका अध्यक्ष ओमकुमार झा, पहिलो पाइला नेपालका उपाध्यक्ष राज साह लगायतको सक्रिय सहभागिता रहेको थियो ।

Related posts

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुलाई वीरगन्ज महानगरद्धारा १५ लाख जरीवाना

hamronepaldainik

पोखरीयामा योजना शाखा प्रमुख पाण्डेले अग्रिम कमिशन असुल्दै

hamronepaldainik

पर्सागढीमा स्वास्थकर्मीहरुको वृहतपाेषण सम्बन्धि तालिम सुरु

hamronepaldainik
HamroNepalDainik