HamroNepalDainik.com
समाज

नारायणी अस्पतालमा सरसफाइको जिम्मेवारी, महानगरलाई

बीरगन्ज ।नारायणी अस्पतालको सरसफाइको जिम्मेवारी सावन १ गतेदेखि बीरगन्ज महानगर पालिकाले गर्ने भएको छ । नगर प्रमुख राजेशमान सिंहले पुर्वघोषणा गरे अनुसार आज बीरगन्ज महानगर पालिकाले नारायणी अस्पताल शीत सम्झौता गरेको छ । नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरन्जन साह र बीरगन्ज महानगर पालिकाको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । बीरगन्ज महानगर पालिकाको नगर प्रमुख राजेशमान सिंह र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितमा सम्झौता आदानप्रदान भएको छ । सम्झौता अनुसार सावन १ गतेदेखि नारायणी अस्पतालको बाहिरी क्षेत्रको सम्पुर्ण सरसफाइ बीरगन्ज महानगर पाकिकाले गर्ने र सो बापत नगर पालिकाले अस्पतालसित कुनै शुल्क नलिने उल्लेख छ । सावन १ गतेदेखि एक जना नाइकेको नेतृत्वमा ९ जनाको सरसफाइकर्मी परिचालन गरिने सरसफाइ शाखाको प्रमुख सर्फुदिन मियाँ ले जानकारी दिनु भएको छ ।

Related posts

आजदेखि सुरु भयो तिहार

hamronepaldainik

हिन्दू परिष्द नेपालको राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रम सुरु हिन्दू परिषद् नेपालद्धारा वीरगंजमा भव्य रुपमा राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रम शुभारम्भ

hamronepaldainik

कानु अतिथि सदन पर्साको बैठक सम्पन्न

hamronepaldainik
HamroNepalDainik