HamroNepalDainik.com
शिक्षासमाचारस्थानिय

अनधिकृत परीक्षा दिइरहेका ८२ विद्यार्थीको उत्तर पुस्तीका महानगरले लियो नियन्त्रणमा

बीरगन्ज । कक्षा ८ को महानगर स्तरीय परीक्षाको अनधिकृत परीक्षा केन्द्रमा परीक्षा दिईरहेका ८२ जना विद्यार्थीहरुको उत्तर पुस्तिका बीरगन्ज महानगर पालिका शैक्षिक महाशाखाले नियन्त्रणमा लिएको छ । कक्षा ८ को महानगर स्तरीय परीक्षामा गृह परीक्षा केन्द्र राखिएको छ ।
बीरगन्ज महानगर पालिका वडा न ७ स्थित माईस्थान बाल विधा मन्दिर इन्दु लाखे आधारभूत विद्यालय मा ४ वटा संस्थागत ( निजि ) विद्यालय का ८२ जना बिद्यार्थीहरुले अनाधिकृत परीक्षा केन्द्र मा परीक्षा दिइरहेका थिए । ग्रीन ल्याण्ड माविका ४७ , असीम माविका १७ , एपेक्स इन्टरनेशनल स्कुलका ७ र सालोम माविको १२ जना विद्यार्थीहरुले अनाधिकृत रूपमा परीक्षा दिइरहेका थिए । बीरगन्ज महानगर पालिका शैक्षिक महाशाखा का प्रमुख अरविन्द लाल कर्णले सामुदायिक विद्यालयमा अनाधिकृत अन्नपूर्ण पव्लिक कलेज संचालित रहेको र त्यसमा ४ वटा निजी विद्यालयको ८२ जना विद्यार्थीहरुको उत्तर पुस्तिका नियन्त्रणमा लिएको र आ आफ्नो विद्यालयमा परीक्षा लिन निर्देशन दिइएको बताउनु भयो ।
बीरगन्ज महानगरमा आधारभूत तह कक्षा ८ को परीक्षामा सामुदायिक तर्फको ३४ विद्यालय का ३ हजार ४ सय ५० विद्यार्थी र संस्थागत ( निजी ) तर्फ को ८३ विद्यालयको २ हजार ४ सय १२ जना विद्यार्थी सहित कुल ५ हजार ८ सय ६२ विद्यार्थीहरु सहभागी छन् ।

Related posts

ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्टको फाईनल खेल ठाकुराम बहुमुखि क्याम्पस र नेशलन मेडिकल बीच हुने

hamronepaldainik

भारत भ्रमणमा गएका पर्साका पत्रकारहरूलाई पन्जाबको मोगामा सम्मानसहित बिदाई

hamronepaldainik

वीरगंज सिटी मार्केटमा ५३ जनाद्वारा रक्तदान

hamronepaldainik
HamroNepalDainik