HamroNepalDainik.com
समाचार

आम सञ्चार प्रवद्र्धन तथा लाेक कल्याणकारी विज्ञापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

वीरगंज  :  बीरगंज महानगरपालिकाको आम सञ्चार माध्यम नियमन तथा प्रवद्र्धन समितिले स्थानीय पत्रपत्रिकालाई संरक्षण र प्रबद्र्धन गर्ने उद्देश्यले बिहीबार र शुक्रबार अन्तरक्रिया कार्यक्रम गरेको छ । महानगरपालिकाले दिँदै आएको लोक कल्याणकारी विज्ञापन र सूचनालाई व्यवस्थित र पारदर्शी ढंगले समानुपातिक रुपमा वितरण गर्ने उद्देश्यले पत्रिकाहरुको समस्या र महानगरपालिकाले गर्न सक्ने समाधानको विषयमा छलफल भएको हो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकी अधिकृत लक्ष्मी प्रसाद पौडेलले यहाँबाट प्रकाशित पत्र पत्रिका, अनलाईन, रेडियो, टेलिभिजनलाई व्यवस्थित गर्दैै उनीहरुको संरक्षण र सम्बद्र्धनका लागि महानगरपालिकाले देशमै पहिलो पटक ऐन, नियम, कानुन बनाएर सहयोग पु¥याउँदै आएको बताए । कार्यक्रममा प्रतिक दैनिकका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार जगदीश शर्माले महानगरले सुरुवात गरेको अभियान सह्रानीय भएको बताउँदै पत्र पत्रिकालाई गुणस्तरीयताका आधारमा वर्गिकरण गरि महानगरपालिकाबाट प्राप्त सहयोगलाई पारदर्शी रुपमा वितरण गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा पत्रिकाका संचालकहरुले महानगरपालिकाले दिँदै आएको लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी लामो समय देखि रोकिएको र यसले पत्र पत्रिकाहरु अप्ठ्यारोमा परेको भन्दै चाँडै रकम निकासा गरिदिन आग्रह गरेका थिए ।  दैनिक र साप्ताहिक पत्रिकाका संचालक तथा सम्पादकहरुसँग पहिलो र दोस्रो सत्रमा गरेर सुझाव लिइएको थियो ।
पहिलो सत्रको कार्यक्रममा वीरगंजबाट प्रकाशित दैनिक पत्रिकाका सम्पादक, प्रकाशकहरुको सहभागिता रहेको थियो भने दोश्रो सत्रको कार्यक्रममा साप्ताहिक पत्रिका सम्पादक, प्रकाशकहरुको सहभागिता रहेको थियो । आम सञ्चारमाध्यम नियमन तथा प्रवद्र्धन समितिका संयोजक ध्रुव अधिकारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई वीरगंज महानगरपालिका सूचना शाखाका प्रमुख शम्भु कुशवाहाले सहजीकरण गरेका थिए ।

Related posts

सम्बन्धित निकाय मौन हुदा पर्सा मालपोत कार्यालय बिरगंजमा लफडा सेवा ग्राहीलाई सास्ती

hamronepaldainik

दुर्गा प्रसाईंको अराजकताको असर, जाजरकोटमा कालोमोसो र लुटपाट

hamronepaldainik

ने.रा.मा.वि. निचुटामा साईकल वितरण

hamronepaldainik
HamroNepalDainik