HamroNepalDainik.com
समाचार

पूर्व मेयर धर्मेन्द्र पटेल, प्रभु साहकाे स्वतन्त्र जिताउ अभियानमा

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) राैतहटका अध्यक्ष एवम् देवाही गाेनाही नगरपालिकाका पूर्व मेयर धर्मेन्द्र पटेल पार्टी परित्याग गरि पूर्व मन्त्री प्रभु साह नेतृत्वकाे स्वतन्त्र जिताउ अभियानमा प्रबेश गरेका छन् ।
राैतहट क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार समेत रहेका पूर्व मन्त्री साहले एक भव्य कार्यक्रमका बिच पूर्व मेयर पटेललाई फुल माला र अबिरकाे टिका लगाई अभियानमा स्वातगत गरेका हुन् ।
अभियानमा प्रबेश गर्दै नेता पटेलले जसपा आफ्नाे बिचार र सिद्धान्तबाट बिचल्लीत भएकाे र नागरिकता विधेयक प्रमाणिकरण गर्न नदिने पार्टीसंग गठबन्धन गरेका कारण पार्टी परित्याग गरेकाे वताए । उनले राैतहट जिल्लालाई समृद्ध बनाउन हाताेमालाे गरी साथै अघि बढन प्रभु साह नेतृत्वकाे स्वतन्त्र जिताउ अभियानमा लागेकाे वताए ।
कार्यक्रममा पटेल नेतृत्वमा जिल्ला कार्यकारणी सदस्य, जसपा नगर कमिटी देवाही गोनाहीका नगर अध्यक्ष एवम् नेता महेश यादव, बिरेन्द्र साह, लालबाबु यादवसहित जसपाका सयाैं स्थानीय नेताकार्यकर्ताहरू पनि पार्टी परित्याग गरी पूर्वमन्त्री प्रभु साहकाे स्वतन्त्र जिताउ अभियानमा प्रवेश गरेकाे अशाेक पटेलले जानकारी दिए ।

Related posts

नेपाल खेलकुद महासंघको बिरगंज महानगर कमिटीको प्रथम अधिबेशन समपन्न।

hamronepaldainik

एसइईको नतिजा आज साँझ सार्वजनिक गरिने

hamronepaldainik

मुख्यमन्त्री स्वच्छता कार्यक्रम : आफन्त भर्ती र अनियमितताको केन्द्र

hamronepaldainik
HamroNepalDainik