HamroNepalDainik.com
समाचारस्थानिय

पर्साको अमरपट्टीका बरिष्ठ सई गुरुङ्गले लाखौ नजराना बुझी तस्करी गराउदै

मुकेश चौरसिया
पर्सा २२ कात्तिक ।
आउदो मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मुलुक अल्झीरहेको बेला मौका छोपी नेपाल प्रहरीको सेटिङ्गमा पर्साको ग्रामिण क्षेत्रहरुबाट खुलेयाम तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।
पर्साको ग्रामिण नाका अमरपट्टीबाट खुल्लेयाम रुपमा धान,गहुँ , चामल, लत्ताकपडा, हार्डवेयर सुपारी, कष्टमेटिक सामग्री, व्याट्री, किराना सामग्री, भैंसी लगायतका सामग्रीहरुको तस्करी शुरु भएको एउटा भिडियो क्लिप र फोटो बाट प्रमाणित भएको छ । देश अहिले आर्थिक मंदीबाट पनि गुज्रिरहेको छ । अर्थको अभावमा राष्ट्र संचालनमै समस्या देखिएको छ ।
चुनावमा पुरै देश नै होमिएको छ । तर त्यसको मौकाको फाईदा उठाउँदै सो नाकाबाट खुलेयाम राजश्व चुहावट हुने काम भईरहेको छ । अमरपट्टी प्रहरी चौकीका वरिष्ठ सई सम्मर गुरुङ्गले तस्करहरु सँग महिनवारी सेटिङ्ग गरी तस्करीको लाईन दिएको स्थानियहरुले बताएका छन् ।
बरिष्ठ प्रहरी नायब निरिक्षक गुरुङ्गले मासिक लाखौं रुपैया नजराना बुझी तस्करलाई रातीको समयमा पिकअप, ट्रयाक्टर, ठेलागठा, मोटरसाईकल, अटो रिक्सा र साईकलहरुमा कार्टुन भित्र व्याट्री, गाडिहरुमा लत्ताकपडा, सटिङ्गसुटिङ्गको कपडा नेपाल भित्रियाउन दिने गरेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यसैगरी माछा, हार्डवेयर, पाडा, भैसीको तस्करी पनि रातीको समयमा खुल्लेयाम रुपमा हुने गरेको प्रमाण यस अनलाईन सँग सुरक्षित रहेको छ । रातीको करिब ११ बजे देखि बिहान ३ बजे सम्म चौकीकै अगाडिबाट तस्करी हुने गरेको समाचार स्रोतले जनाएको छ ।
प्रहरी चौकीको सामुने दिनहु जसो तस्करहरुले ट्रयाक्टरमा लोड भईरहेको धान, गहुँ,चामल जो कोहीले पनि सहजै देख्न सक्छन् । भिडियो समेत यस अनलाईन सँग सुरक्षित रहेको छ । यो दृश्य हेरेर जो कोहीले पनि सहजै भन्न सक्छन् कि प्रहरीहरु कै लगानीमा तस्करी भईरहेको छ ।
बरिष्ठ प्रहरी नायब निरिक्षक गुरुङ्गको प्रहरी संगठनमा राम्रै पकड भएकोले कसैले केही गर्न नसक्ने हावाला दिदै आएको समाचार स्रोतले जनाएको छ । यस्ता केही प्रहरीहरुको कारणले पूरा संगठन नै बदनाम भइरहेको हुनाले यस गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान अति आवश्यक रहेको देखिएको छ ।

Related posts

कांग्रेसले टिकट नदिएपछि पटेलले दिए स्वतन्त्र उम्मेदवारी

hamronepaldainik

पर्सा प्रहरी द्वारा ठुलो मात्रामा लागु औषध बरामद, चार जना पक्राउ

hamronepaldainik

वीरगञ्ज महानगपालिकाले बहिरङग सेवा सञ्चालन गर्ने तयारीमा

hamronepaldainik
HamroNepalDainik