HamroNepalDainik.com
राजनीति

नेकपा एसमा सयौं जना प्रवेश

वीरगंज १२ भदौ । बहुदरमाई नगरपालिकाको विश्रामपुर टोलमा नेकपा एसको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । बहुदरमाई नगरपालिका नगर कमिटीको आयोजनामा सम्पन्न सो प्रवेश कार्यक्रममा नेकपा एमाले पार्टी परित्याग गरी नन्दकिशोर पटेल, ललन सिंह सहित सयौलाई प्रमुख अतिथि पार्टीका पोलिटव्युरो सदस्य रामचन्द्र साहले टिका लगाई स्वागत गरेका थिए । त्यसैगरी बहुअरी टोलको बिरबहादुर यादव सहित २५ जनालाई प्रमुख अतिथि साहले टिका लगाई पार्टीमा स्वागत गर्दै अबको संघिय र प्रदेशसभाको निर्वाचनमा आ–आफ्नो ठाउ“बाट कलम छापको प्रचार प्रसार गर्दै अगाडि बढन सुझाएका थिए । साहले मंसिर ४ गते हुने संघिय र प्रदेश सभाको निर्वाचनमा गठबन्धनको पछाडि नपरी आफ्ना पार्टीका कमिटी निर्माण, पुनःनिर्माण, सुदृढिकरण गर्नुको साथै आफ्ना पार्टीका उम्मेदवारहरुलाई जिताउन कम्मर कसेर लाग्न आग्रह गरेका थिए । नगर कमिटीका अध्यक्ष मोहन यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापा, जिल्ला सचिव विक्रम चौरसिया, केन्द्रिय लेखा आयोगका सदस्य किशोरी कुशवाहा लगायतकाले कसैको भर नपरी पार्टी निर्माणको कार्यमा अगाडि बढन कार्यकर्ताहरुलाई सुझाएका थिए भने कार्यक्रमको सञ्चालन ब्रहमदेव गुप्ताले गरेका थिए ।

Related posts

जिराभवानीकाे वडा नं. २ मा निर्मित वडा कार्यालय भवनकाे उद्घाटन

hamronepaldainik

खड्काले लिए परराष्ट्रमन्त्रीको सपथ

hamronepaldainik

जनमत पार्टीले मनायाे राष्ट्रिय धोती दिवस

hamronepaldainik
HamroNepalDainik