HamroNepalDainik.com
समाचार

महिनावारी समस्या सम्बन्धि एकदिने प्रशिक्षण

वीरगंज पर्सा, २६ साउन ।
सानवी फाउन्डेसनका आयोजनामा महिनावारी समस्या सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विवेक कुमार झाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका नेता प्रेम बाबु पटेल ज्यु, विशिष्ट अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता योगेन्द्र गुप्ता र प्रशिक्षकको रूपमा सुश्री पलवी हरलालका रहनु भएका थिए । यो कार्यक्रमका स्वागत मन्तब्य संस्थाका सह संयोजक विक्की राज पटेल राख्नु भएको थियो भने यस कार्यक्रमका सहजीकरण संस्थाका सचिव सानु कुमारीले गर्नु भएको थियो । वीरगंज महानगरपालिका वडा नं ३ का वडा कार्यालयमा सम्पन्न भएको कार्यक्रममा यस संस्थाका उपाध्यक्ष राज साह, कोषाध्यक्ष मन मोहन साह, सह कोषाध्यक्ष सोनम सिंह लगायत सदस्यहरू अञ्जली पटेल, इन्दिरा न्यौपाने, मालबिन्दर कौर, विवेक प्रसाद शाह, रवि यादव, निर्मल मिश्र, आदित्य सर्रफ, आकाश साह, अमित कुमार शाह, अंकित चौधरी र कुन्जेश यादव लगायतका उपस्थित रहेको थिए ।

Related posts

सार्वजनिक जग्गा उत्खनन गर्ने स्काभेटरसहित ४ टिपर महानगरको नियन्त्रणमा

hamronepaldainik

वीरगंज महानगरको १९ औं नगर अधिवेशन सम्पन्न

hamronepaldainik

कर सम्बन्धि एक दिने तालिम सम्पन्न

hamronepaldainik
HamroNepalDainik