HamroNepalDainik.com
समाचार

पर्साका सांसद प्रदीप यादव वन तथा वातावरणमन्त्री बन्ने निश्चित

वीरगन्ज ,१९ असार ,

पर्सा क्षेत्र नम्बर १ सांसद प्रदीप यादव , संघीय सरकारको मन्त्री बन्ने निश्चित भएको छ ।यादव , वन तथा वातावरण मन्त्री बन्ने पक्का भएको छ ।

जनता समाजवादी पार्टी (जजसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आइतबार बेलुकी प्रधानमन्त्री शेर बहादुर देउवालाइ बुझाएको तीन जना नयाँ मन्त्रीहरुको सुचीमा यादवलाइ वन तथा वातावरणमन्त्रीमा सिफारिस गरेका थिए ।

जसपा अध्यक्ष उपेन्द्रले प्रम देउवालाइ बुझाएको नयाँ मन्त्रीहरुको सुचीमा यादवलाइ वन तथा वातावरण मन्त्री , बाँके क्षेत्र नम्बर २ का सांसद महम्मद इस्तियाक राइन्लाइ भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री र सप्तरीका राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवलाइ कृषि तथा पशुपंक्षि विकास मन्त्रीमा सिफारिस गरेका छन ।

जसपाले अहिले रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाइ भने यथावत नै राखेको छ ।

जसपा उच्च श्रोतका अनुसार , हाल जसपाबाट सरकारमा रहेका चार मध्ये तीन जना मन्त्रीहरुलाइ सोमबार फिर्ता बोलाउने र नयाँ सिफारिस गरिएका तीन जना मन्त्रीहरुको सोमबार नै शपथ ग्रहण गराउने तयारी रहेको छ ।

जसपाले अघिल्लो हप्ता मात्रै सरकारमा अहिले रहेका आफना पार्टीका मन्त्रीहरुलाइ फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेका थिए ।

जसपाबाट हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री रहेका छन्।

Related posts

संसदबाट एमसीसी (MCC) सम्झौता अनुमोदन

hamronepaldainik

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखाका प्रमुख साहको नेतृत्ववमा खुल्लम खुल्ला भ्रष्टाचार

hamronepaldainik

चक्कु प्रहार गरी इ रिक्सा चालककाे हत्या : बीरगन्जका अटाे चालकहरू आन्दोलित

hamronepaldainik
HamroNepalDainik