HamroNepalDainik.com
समाचार

बर्दियामा गोली लागेर एकको मृत्यु

१७ असार, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–३ मा भारतीय जङ्गलमा गोली लागि एक जनाको मृत्यु भएको छ ।

बिहान करिब १० बजे सीमावर्ती भारतीय जङ्गलमा निउरो टिप्न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली दायाँ खुट्टामा लागेको थियो ।

उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले जानकारी दिए ।

गोली कसले कसरी चलाएको हालसम्म जानकारी नभएको उपरीक्षक सुवेदीले बताए । शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ ।

Related posts

काँग्रेस परित्याग गरि ५ दर्जनभन्दा बढीले गरे जसपा प्रवेश

hamronepaldainik

महानगर स्वास्थ्य महाशाखा प्रमुख महतोले लाखो रुपैयाको लोभमा ‘आमा सुरक्षा कार्यक्रम’ को लागि सूर्य हस्पिटललाई दिए गैरकानुनी सिफारिस

hamronepaldainik

विन्दवासिनीका अध्यक्ष तिवारीको शिक्षा प्रतिको लगाव बढदै, झौवागुठी माविमा दुई कोठे भवनको शिलान्यास

hamronepaldainik
HamroNepalDainik