HamroNepalDainik.com
समाचारस्थानिय

जिराभवानी गा.पा.द्वारा ३६ करोड बढिको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

वीरगन्ज (पर्सा), १५ असार / पर्साको जिराभवानी गाउँपालिकाले ३६ करोड बढिको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिका स्थित विवाह भवनमा आयोजित १० औं गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीले आर्थिक वर्ष २०७९/०८० को लागि रु ३६ करोड ३९ लाख २२ हजार बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेकी छिन् ।
उनले व्यय तर्फ कुल विनियोजित बजेट मध्ये गाउँपालिकाको चालु खर्च रु. ८ करोड ७० लाख ८५ हजार, पूँजीगत खर्च ११ करोड ५७ लाख ३७ हजार, सशर्त तर्फको चालु खर्च रु. ११ करोड २९ लाख र शसर्त पुँजीगत तर्फ ४ करोड ८२ लाख विनियोजन गरिएको वताइन् । त्यसैगरि २०७९/०८० को लागि आय तर्फ अनुमान गरिएको खर्च श्रोत व्यवस्थापन गर्न संघीय तथा प्रदेश सरकारको वित्तिय समानीकरण अनुदानबाट ११ करोड ३० लाख ३४ हजार, सशर्त तर्फ संघीय तथा प्रदेश अनुदान रु. १३ करोड ११ लाख, संघीय तथा प्रदेशको समपुरक तथा विशेष अनुदान रु. ३ करोड, संघीय तथा प्रदेश सरकारको राजस्व बाँडफाँडवाट ८ करोड ८५ हजार मात्र र नपुग हुने रकम रु. १ करोड आन्तरिक श्रोतबाट प्राप्त हुने अनुमान गरेको वताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अनोज चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनतामुखी रहेको बताए । उनले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरिएको नीति कार्यक्रम तथा बजेट शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको वताए । उनले स्वास्थ्य तर्फ प्रत्येक वडामा एक÷एक एम्बुलेन्सको ब्यवस्था गरिने तथा बर्थिङ्ग सेन्टर स्थापना गर्ने र सुत्केरी गराउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने वताए ।

प्रस्तुत बजेटमा गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण कार्यको लागि रु. ३ करोड, वडा स्तरीय योजना सञ्चालन तथा कार्यान्वयनका लागि रु. २ करोड, गाउँपालिका स्तरीय योजना सञ्चालन तथा कार्यान्वयनका लागि रु. २ करोड २५ लाख, गाउँपालिकाका भरि रहेको विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार, पुर्वाधार निर्माण, शैक्षिक समाग्री खरिद अनुदानको लागि रु १ करोड विनियोजन गरिएको छ ।
यसैगरि कृषि विकास कार्यक्रमको लागि रु. १ करोड, महिला, अपाङ्ग, बालबालिका, जेष्ठ नागरिक, पिछडिएको क्षेत्र, दलित, माहादलित, मुस्लिम समुदाय लगायतको जीवनस्तर उकास्नको लागि लक्षित वर्ग कार्यक्रम सञ्चालन गर्न रु. ८० लाख विनियोजन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले गाउँपालिकाले लिएको समृद्ध गाउँपालिकाको लक्ष्य पूरा गर्न कर्मचारी र जनप्रतिनिधि बीचको समन्वय आवश्यक रहेको बताए । उनले किसानहरुको लागि निःशुल्क बिद्युतीय मिटर जडान गरि बार्षिक १०० यूनिटसम्म विद्युत निःशुल्क प्रदान गरिने र भाषा, धर्म सँस्कृति तथा थारु कला संरक्षण एवं सम्बद्र्धनका लागि पनि आवश्यक बजेट विनियोजन गरिएको वताए ।
गाउँ सभामा प्रदेश सभा सदस्य शंकर चौधरीले चुनाव जितेपछि जनप्रतिनिधि सबै जनताको प्रतिनिधि भएको वताए । उनले गाउँपालिकाले लिएको लक्ष्य पूरा गर्न र बजेट फ्रिज हुन नदिने गरि काम गर्न जनप्रतिनिधि र कर्मचारीहरुलाई आग्रह समेत गरे । गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा आयोजित गाउँ सभामा वडाध्यक्षहरु रामशरण ख्वास थारु, महादेव महतो थारु, सुरुज राय थारू, राजेश्वर महतो थारु, दारा सिंह, लेखा शखा प्रमुख मुकेश मिश्र, गाउँ सभा सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई कार्यपालिका सदस्य सरोज चौरसियाले संचालन गरेका थिए ।

Related posts

जसपाको वीरगञ्ज नगर समितिको विस्तारित बैठक सम्पन्न

hamronepaldainik

WORLDCUP T-20: श्रीलंकाको दोस्रो जित, साविक विजेता वेष्ट इन्डिज बाहिरियो

hamronepaldainik

अनधिकृत परीक्षा दिइरहेका ८२ विद्यार्थीको उत्तर पुस्तीका महानगरले लियो नियन्त्रणमा

hamronepaldainik
HamroNepalDainik