HamroNepalDainik.com
समाचारस्थानिय

विन्दवासिनी गाउँपालिका–४ मा पोषण सम्बन्धी तालिम सम्पन्न

बिरगंज २६ जेष्ठ ,
पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ४ स्थित ने.रा. आधारभुत अमरपट्टीमा आमा समुहमा पोषण सम्बन्धी जनचेतनामूलक १ दिने तालिम सम्पन्न भएको छ ।
युनिसफेस नेपालको सहयोग र विन्दवासिनी गाउँपालिकाको कार्यालय बहुअर्वाभाठ्ठाको आयोजनामा भएको तालिममा सुगान्धी देवीले प्रशिक्षण दिनु भएको थियो ।
तालिममा पोषण, पोषणको महत्व, हरेकबार खाना ४ भन्ने बारेमा, आउदो दिनमा स्थानिय तहको भुमिका बारेमा छलफल भएको थियो ।
कार्यपालिका सदस्य शम्भु प्रसाद चौरियाको सभापतित्वमा भएको सो तालिमको सहजीकरण विश्वामित्र प्रसाद साहले सहजीकरण गर्नु भएको थियो । सो कार्यक्रममा महिला स्वयंसेविका, आमा समुहका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । तालिम सञ्चालनका लागि रामप्रवेश साहले सहजीकरण गर्नु भएको थियो ।

Related posts

जिराभवानी गाँउपालिकाले ल्यायो ३४ करोड ८० लाख रुपैयाको बजेट

hamronepaldainik

कालिकामाईकाे गदियानीमा नेपाली कांग्रेसकाे टाेल समिति गठन

hamronepaldainik

सडक विगारेपछि टेलिकम परिसरमा महानगरले फाल्यो फोहोर

hamronepaldainik
HamroNepalDainik