HamroNepalDainik.com
समाचार

आइतबार सार्वजनिक बिदा खारेज

३ जेठ, काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।

गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि  शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । तर सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो ।

सुरुमा तीन महिनाका लागि परीक्षणका रुपमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भए पनि सरकारी निर्णय एक महिना पनि टिक्न सकेन ।

सार्वजनिक सेवा प्रवाहमा आइतबारे बिदाले समस्या निम्त्याएको र अपेक्षा गरेअनुसार पेट्रोलियम पदार्थको खपतमा कमी ल्याउन नसकेको देखिएपछि बिदा फिर्ता लिइएको हो ।

आइतबारे सार्वजनिक बिदा खारेज भएसँगै कार्यालय समय पनि साविककै बिहान १० देखि साँझ ५ बजेसम्म कायम हुने छ । आइतबार बिदा दिने प्रयोजनका लागि बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय समय तय गरिएको थियो ।

Related posts

नेपाल स्काउट निमाविद्धारा रक्तदान कार्यक्रमको आयोजना, २७ जनाले गरे रक्तदान

hamronepaldainik

पत्रकार दुबेको आमाको पार्थिव शरिरमा नेता रौनियारले राष्ट्रिय झण्डा ओढाई गरे श्रद्धाञ्जली अर्पण

hamronepaldainik

थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

hamronepaldainik
HamroNepalDainik