HamroNepalDainik.com
समाचारस्थानिय

लोकतान्त्रिक समाजबादी पार्टी पोखरियाकाे उम्मेदवार घरदैलो अभियानमा व्यस्त

वीरगंज २४ बैशाख /

पर्सा जिल्लाको पोखरिया नगरपालिकामा लोकतान्त्रिक समाजबादी पार्टीले घरदैलो कार्यक्रमलाइ तीव्र पारेको छ ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजबादी पार्टीको पोखरिया नगरपालिकामा मेयर पदको उम्मेदवार नेजामोदिन समानि र उप -मेयर पदकाे उम्मेदवार आशा देबि तथा वडा अध्यक्षको उम्मेदवारलाई बिजयी बनाउनका लागि घरदैलो कार्यक्रमलाई तीव्र पारिएको हो ।

घरदैलो गर्दै नगरका मेयर , उप -मेयर र वडा अध्यक्ष सहितको सम्पुर्ण प्यानलहरुलाई जिताउन लोकतान्त्रिक समाजबादी पार्टीलाई मतदान गर्न अपिल गरेका छन् ।

पोखरिया नगरपालिकाको रहरियामा भएको घरदैलो अभियानमा लोकतान्त्रिक समाजबादी पार्टीलाई जिताउन आग्रह गरिएको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, न्यायिक स्वच्छता र नगरको चौतर्फी बिकासका लागि गाउँघरमा लोकतान्त्रिक समाजबादी पार्टी जित्नुको विकल्प नरहेको मतदाताहरुले बताएका छन् ।

घरदैलो कार्यक्रममा लोकतान्त्रिक समाजबादी पार्टीका नेता कार्यकर्ता नगर प्रमुख पद के उम्मेदवार नेजामोदिन समानि , उपाध्यक्ष आशा देबि,वडा अध्यक्ष पद के उमेदवार तथा सम्पुर्ण वडा सदस्यहरू,युवा,बुद्धिजीवी ,स्थानिय लगाएतको उपस्थिति रहेको थियो।

Related posts

WORLDCUP T-20: श्रीलंकाको दोस्रो जित, साविक विजेता वेष्ट इन्डिज बाहिरियो

hamronepaldainik

पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो

hamronepaldainik

नार्कद्वारा प्रकाशित कृषि मौषम सल्लाह बुलेटिनबाट कृषक लाभान्वित

hamronepaldainik
HamroNepalDainik