HamroNepalDainik.com
समाचारस्थानिय

लोकतान्त्रिक समाजबादी पार्टी पोखरियाकाे उम्मेदवार घरदैलो अभियानमा व्यस्त

वीरगंज २४ बैशाख /

पर्सा जिल्लाको पोखरिया नगरपालिकामा लोकतान्त्रिक समाजबादी पार्टीले घरदैलो कार्यक्रमलाइ तीव्र पारेको छ ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजबादी पार्टीको पोखरिया नगरपालिकामा मेयर पदको उम्मेदवार नेजामोदिन समानि र उप -मेयर पदकाे उम्मेदवार आशा देबि तथा वडा अध्यक्षको उम्मेदवारलाई बिजयी बनाउनका लागि घरदैलो कार्यक्रमलाई तीव्र पारिएको हो ।

घरदैलो गर्दै नगरका मेयर , उप -मेयर र वडा अध्यक्ष सहितको सम्पुर्ण प्यानलहरुलाई जिताउन लोकतान्त्रिक समाजबादी पार्टीलाई मतदान गर्न अपिल गरेका छन् ।

पोखरिया नगरपालिकाको रहरियामा भएको घरदैलो अभियानमा लोकतान्त्रिक समाजबादी पार्टीलाई जिताउन आग्रह गरिएको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, न्यायिक स्वच्छता र नगरको चौतर्फी बिकासका लागि गाउँघरमा लोकतान्त्रिक समाजबादी पार्टी जित्नुको विकल्प नरहेको मतदाताहरुले बताएका छन् ।

घरदैलो कार्यक्रममा लोकतान्त्रिक समाजबादी पार्टीका नेता कार्यकर्ता नगर प्रमुख पद के उम्मेदवार नेजामोदिन समानि , उपाध्यक्ष आशा देबि,वडा अध्यक्ष पद के उमेदवार तथा सम्पुर्ण वडा सदस्यहरू,युवा,बुद्धिजीवी ,स्थानिय लगाएतको उपस्थिति रहेको थियो।

Related posts

तीज व्रतको दिन पशुपति पुगिन् राष्ट्रपति

hamronepaldainik

वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

hamronepaldainik

सन् २०३० भित्र वन फडानी रोक्न विश्वका नेताहरू सहमत

hamronepaldainik
HamroNepalDainik