१० कार्तिक २०७८, बुधबार को दिन वीरगञ्ज महानगरपालिका भित्र रहेका होटेल, रेस्टुरेन्टको अनुगमन कार्य सुरु भएको छ । हिन्दुहरुको महान पर्व तिहार र छ्ठ नजिकै सङै यस्ता समयमा होटेल तथा रेस्टुरेन्टहरुमा अखाद्य वस्तुको डेट एक्स्पाईरि सामानहरुको खपत हुने भएको कारण अनुगमन कार्यसुरु भएको हो ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंज पर्साको नेतुत्वमा बुधबार बिरगञ्ज महानगरको सहरी क्षेत्र भित्र रहेको होटेल तथा रेस्टुरेन्टहरुको अनुगमन गर्ने कार्य सुरु गरेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका कार्यालय प्रमुख बिक्कि राउतले जानकारी गराउनु भयो ।
बिरगञ्ज स्थित आदर्शनगर एरियामा रहेका होटेल वन ऐलेवन लाउन्ज प्रालि,होटेल द क्लासिक , होटेल कैलास, होटेल दियालो ,होटेल कन्ट्रि ईन,होटेल पुजन,होटेल मकालु र गोर्खाजन थकाली किचेनमा अनुगमन गरीएको छ ।
अनुगमन गर्ने क्रममा त्यहा रहेका किचेनहरु अव्यवस्थित रहेको,सरसफाइ नभएको,आवस्यक सरसमान छोपेर नराखिएको , फ्रीज सफा नभएको तथा एक्स्पाईरि सामानहरु पनि फेला पारेको होटेललाई ३ दिन भित्र किचेन व्यवस्थित गर्न , सरसफाई र स्टोरमा भएको सामान नस्ट गर्न समेत चेतावनी दिईएको थियो ।
यस पछिको अनुगमनमा अव्यावस्थीत अवस्थामा रहेको भेटिए भने आवस्यक कानुनि कार्वाही समेत गर्ने र अटेर गरे होटेल बन्द गर्ने समेत चेतावनी दिएको अनुगमन टोलिका प्रमुख राउतले बताउनु भयो ।
अनुगमन टोलिमा घरेलुु तथा साना उद्योग कार्यालय बिरगञ्ज पर्साका प्रमुख रिमा साह , नायब सुब्बा अशोक पाण्डे , वाणिज्य, आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालय पर्साका नायब सुब्बा रामप्रबेश यादव, जिल्ला प्रशासन कार्यालय पर्साका खरिदार ब्रहदेव यादव, बिरगञ्ज महानगर पालिकाका खाद्य अधिकृत बिपिन लाल दास ,प्रहरी चौकि आदर्शनगरका प्रहरी नायब निरीक्षक हिरा बहादुर बुढाथोकी , वीरगञ्ज उद्योग वाणिज्य संघका मनोज कुमार दास , उपभोक्ता हित संरक्षण मञ्च बिरगञ्ज महानगर अध्यक्ष अजित कुमार भुजेल लगायतको सहभागिता रहेको थियो ।