HamroNepalDainik.com
राजनीतिसमाचार

नेकपा एस निकट प्रगतिशिल शिक्षक संगठन पर्सा गठन

वीरगन्ज, २६ चैत / नेकपा एकीकृत समाजवादी निकट प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन पर्सा जिल्ला कमिटी गठन भएको छ । वीरगंजको विर्तामा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयको सभाहलमा शनिबार भएको प्रगतिशिल शिक्षकहरुको भेलाले रामाकान्त औझैयाको अध्यक्षतामा केही सदस्य थप्ने गरी २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

नव गठित कमिटीको उपाध्यक्षमा रामजी चौहान, महिला उपाध्यक्षमा कविता फुँयाल, सचिवमा चन्द्रमोहन प्रसाद चौरसिया, सह सचिवमा ममता चौधरी, कोषाध्यक्षमा असेश्वर यादव, सह–कोषाध्यक्षमा निरमाया आले, सदस्यहरुमा रामबच्चन चौरसिया, प्रेम प्रसाद, सम्पत यादव लगायतका सर्वसहमत चयन भएका छन् । गोपिचन्द यादवको सभापतित्वमा भएको भेलामा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सचिव नागेन्द्र चौधरी, पोलिट ब्युरो सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, पोलिट ब्यरो सदस्य एवं वीरगंज महानगरका इन्चार्ज चिरञ्जिवी आचार्य, केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेशका अध्यक्ष बृजलाल पासवान, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष मनोज पटेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वोल्ने वक्ताहरुले शिक्षकहरुको पेशागत विकास, सुरक्षा तथा हक अधिकारका लागि देशका सबै शिक्षकहरु प्रगतिशिल राष्ट्रिय शिक्षक संगठनमा गोलबद्ध हुन आग्रह गरे । पछिल्लो समयमा शिक्षकहरुको मनोभावना गिराउने काम स्थानीय सरकारले गरेको चर्चा गर्दै देशको भविष्य कोर्ने भावी पुस्तालाई बाटो देखाउने काम गर्दै आएका शिक्षकहरु उपर कुनै किसिमको अनावश्यक दबाब श्रृजना गरिए सिंगो नेकपा एकिकृत समाजवादी पार्टी शिक्षकहरुको पक्षमा उभिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

Related posts

पर्साको ग्रामिणभेगमा रहेको खोलाबाट गिट्टी, बालुवा र ढुङ्गाको व्यापक तस्करी

hamronepaldainik

पशुपति गौशाला धर्मशालामाथिको हस्तक्षेप रोक्न माग गर्दै वीरगन्जमा प्रदर्शन

hamronepaldainik

नयाँ भेरियन्ट देखिनुमा धनी मुलुक जिम्मेवार

hamronepaldainik
HamroNepalDainik