HamroNepalDainik.com
समाचार

काेराेना संक्रमणबाट पाेखरियाका युवककाे मृत्यु

वीरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको छ । पोखरिया नगरपालिकाकाे वडा नं. १ का ३३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका काेभिड संयाेजक डा. उदयनारायण सिंहले वताए ।

स्वास्थ्यमा समस्या देखिएपछि भदौ १० गते उनी नारायणी अस्पतालमा भर्ना भएका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा बिहीबार राति पौने २ बजे उनको मृत्यु भएको संयोजक डा. सिंहले जानकारी दिए ।

‘बिरामीको फोक्सो ९० प्रतिशत जति खराब भइसकेको थियो, रगतमा पनि संक्रमणको लक्षण देखिएको थियो,’ उनले भने, ‘स्वास्थ्य अवस्थामा सुधार नै हुन सकेन, बिहान मृत्यु भयो ।’

नारायणी अस्पतालमा असार २३ गते यता कोही पनि संक्रमितको मृत्यु भएको थिएन । पर्सामा हाल १२ जना मात्रै सक्रिय संक्रमित छन् ।

Related posts

देश परिवर्तनका लागी घन्टी छापमा मतदान गर्न चौरसियाको आग्रह

hamronepaldainik

पोखरिमा नुहाउन गएको बालिका डुबेर मृत्यु

hamronepaldainik

एभरेष्ट पब्लिक स्कुलद्वारा फुड फेसटिबल कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik