HamroNepalDainik.com
समाचारस्थानिय

नेकपा एकीकृत समाजबादी बिरगंज महानगर वार्ड न . १५ को भेला सम्पन्न

बिरगंज पर्सा,

नेकपा एकीकृत समाजबादी बिरगंज महानगर वार्ड न . १५ को भेला सम्पन्न भएको छ ।

पार्टीको वार्ड अध्यक्ष आकाश पटेलको अध्यक्षतामा आयोजित भेलाको प्रमुख अतिथी नेकपा एकीकृत समाजबादीको पोलिटब्युरो सदस्य एवं बिरगंज महानगर इन्चार्ज चिरञ्जीवी अचार्यले जनताको पार्टीको रुपमा स्थापित भइ रहेको एकीकृत समाजबादी को चुनाव चिन्ह कलम छापको प्रचारमा जुटन निर्देशन गर्नु भयो ।

त्यस्तै केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष बालगोपाल थापाले सच्चा कम्युनिस्टहरुलाइ गोलबन्द गर्दै समाजबादको यात्रा तर्फ अगाडि बढाउन लागि परेको एकीकृत समाजबादी पार्टीमा जनलहर जुटेको बताउनु भयो ।

भेलामा पार्टीको बिरगंज महानगर अध्यक्ष मनोज चौधरी , उपाध्यक्ष मन्जुर आलम , सचिव बृजलाल पासवान , युवा संघका केन्द्रिय सदस्य अनिल पटेल , जिल्ला कमिटी सदस्य उमेश ठाकुर लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

त्यस्तै आजै एक समारोह बिच नेकपा एकीकृत समाजबादी बिरगंज महानगर वार्ड न. ०८ को सम्पर्क कार्यालय उद्घघाटन भएको छ ।

समारोहमा बिरगंज महानगर कमिटीका सचीव बृजलाल पासवान , जिल्ला कमिटि सचिवालय सदस्य शान्ता महर्जन , जिल्ला सदस्य उमेश ठाकुर लगाएतको उपस्थिति रहेको थियो ।

Related posts

लागूऔषध गाँजासहित छिपहरमाईका मियाँ पक्राउ

hamronepaldainik

मधेशको तेस्रो जित, कर्णाली ६१ रनले पराजित

hamronepaldainik

सञ्चारकर्मी साह माथी आक्रमणको प्रयास, नेपाल पत्रकार महासंघ पर्साको गम्भीर ध्यानाकर्षण

hamronepaldainik
HamroNepalDainik