HamroNepalDainik.com
खेलकुद

मुखिया कप क्रिकेट प्रिमियर लिगको उपाधि मुर्ली क्रिकेट क्लब

वीरगञ्ज १५ चैत्र
पर्सा गढी नगरपालिका वडा नं ५ वहुअर्वा टोलमा बहुअर्वा युवा समाज द्वारा आयोजित मुखिया कप क्रिकेट प्रिमियर लिग फागुन १६ गते देखि सुरु भएको पर्सा जिल्लाको इतिहासमा पहिलो पटक मुखिया कप क्रिकेट प्रिमियर लिग टुर्नामेन्ट को विजेता मुर्ली क्रिकेट क्लब भएका छन्।

आज भएको मुखिया कप क्रिकेट प्रिमियर लिगको खेलमा अपैनी क्रिकेट क्लब र मुर्ली क्रिकेट क्लब बिच भएको छ।
टच जितेर मुर्ली क्रिकेट क्लब ले व्याटिग गरेको थियो भने अपैनी क्रिकेट क्लबले व्वलिग्ङ गरेको थियो।

मुर्ली क्रिकेट क्लबले १६ ओभरमा १४९ रन बनाएको थियो भने अपैनी क्रिकेट क्लब ले १४२ रन बनाएको थियो।
७ रनले मुर्ली क्रिकेट क्लबले मुखिया कप क्रिकेट प्रिमियर लिगको विजेता बन्न सफल भएको छन्।बिजेता टिम लाई पर्सा गढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम आलम ले विजेता टिम लाई सिल्ड को र नगद पुरस्कार सहित सम्मान गरेको थिएँ।

सो कार्यक्रम वहुअर्वा युवा समाजका अध्यक्ष जैरुलहक मियाँको अध्यक्ष मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पर्सा गढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलमअतिथि जसपा को जिल्ला सदस्य अशोक यादव मंसुर आलम, विकाउ राय भर, रफुल मियाँ,दिपु वर्णवाल, रमेश यादव सैनुलाह मियाँ ,नरहस मियाँ लगायत स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो

Related posts

सन्दीप लामिछाने बने नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान, ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीलाई कारबाही

hamronepaldainik

पहिलो संस्करणको एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई

hamronepaldainik

मधेशको तेस्रो जित, कर्णाली ६१ रनले पराजित

hamronepaldainik
HamroNepalDainik