HamroNepalDainik.com
समाचारस्थानिय

मिडिया काउन्सिल मधेश प्रदेशकाे कार्यक्रममा ३ पत्रकार संगठनकाे विराेध

वीरगंज, ११ फागुन ।

मिडिया काउन्सिल मधेस प्रदेशले आयोजना गरेको “सञ्चार माध्यम र पत्रकार आचारसंहिता निर्माण सम्बन्धि सुझाव संकलन कार्यशाला गोष्ठी” मा सबै विचार समूहको प्रतिनिधित्व र सहभागिता नगराएको भन्दै पत्रकार सम्वद्ध तीन संगठनले आपत्ति जनाएका छन् ।

मिडिया काउन्सिलले पर्साबाट सञ्चार माध्यमका प्रकाशक/सञ्चालक/सम्पादक र राष्ट्रिय मिडियामा कार्यरत क्रियाशील पत्रकारहरुको सहभागिताको लागि नेपाल पत्रकार महासंघ पर्सा शाखालाई जिम्मेवारी दिएको भएपनि अधिकांश क्रियाशिल पत्रकारहरुलाई जानकारी नै नगराई कार्यक्रमको आयोजना गरेको भन्दै विरोध जनाएका हुन् । नेपाल प्रेस युनियन पर्सा, प्रेस सेण्टर नेपाल पर्सा, समाजवादी प्रेस संगठन नेपाल पर्साले संयुक्त विज्ञप्ति जारी गर्दै मिडिया काउन्सिलको कार्यक्रमको विरोध जनाएका छन् ।

कार्यक्रममा सहभागी गराउन मिडिया काउन्सिलले मिति २०७८/१२/८ गतेको चलानी नं. ०७१/०७८/०७९ को पत्र मार्फत महिला र बरिष्ठ पत्रकारहरुलाई प्राथामिकता राख्न भनिए पनि महासंघले पठाएको सहभागीहरुको लिष्टमा एक जना मात्रै महिला पत्रकारको नाम गरिएको भएपनि कार्यक्रममा अनुपस्थित रहनुले महासंघले पूर्वाग्रह राखेको देखिएको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

महासंघ पर्सा शाखाको रवैयाप्रति कार्यक्रम आयोजक मिडिया काउन्सिलको पनि ध्यान पुग्न नसकेकोमा तीनवटै संगठनले आपत्ति जनाएको छ । विगतमा पनि नेपाल पत्रकार महासंघ पर्सा शाखाले फरक विचार समूहका पत्रकारहरुलाई पूर्वाग्रहपूर्ण व्यवहार गर्दै आएको र आगामी दिनमा पनि कुनै कार्यक्रम आयोजना गर्दा आयोजकले यसतर्फ ध्यान पु–याउन सबैलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष दीपक गौतम, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष मनोज पटेलले हस्ताक्षर गरेका छन् ।

Related posts

जिराभवानी गा.पा.द्वारा ३६ करोड बढिको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

hamronepaldainik

पाेखरियामा मालापाेत तथा नापी कार्यालयकाे उद्घाट यही फागुन १५ गते हुने

hamronepaldainik

कर्मचारी संगठन पर्साको भवन कब्जा गर्ने प्रयास बिफल

hamronepaldainik
HamroNepalDainik