HamroNepalDainik.com
समाचार

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रिय महाधिवेशन तथा २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्न: प्रधानमन्त्री देउवा आज वीरगञ्जमा

वीरगञ्ज, २६ फागुन । प्रधानमन्त्री शेर बहादुर देउवा आज (बिहिवार) वीरगञ्ज आएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रिय महाधिवेशन तथा २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्न प्रमुख अतिथीको रुपमा प्रधानमन्त्री देउवा आज वीरगञ्जमा आएका हुन् ।

आज र भोली वीरगञ्जको नगर सभागृहमा हुने महाधिवेशन तथा सम्मेलनमा प्रमुख अतिथीको रुपमा नेपाली काङ्ग्रेसका सभापतिसमेत रहेका देउवा आज वीरगञ्ज आएका हुन् ।

नगर सभागृहमा हुने महाधिवेशनअघि देउवाको वीरगञ्जस्थित लर्डस् दियालोमा कार्यकता भेटघाट तथा प्रमाण पत्र वितरण कार्यक्रम रहेको छ ।

आज दिउँसो १ बजे नगर सभागृहमा महाधिवेशन तथा सम्मेलनको देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

Related posts

गहवामाईको दोश्रो रथ यात्रा भब्य रुपमा सम्पन्न

hamronepaldainik

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने

hamronepaldainik

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पर्साका मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

hamronepaldainik
HamroNepalDainik