HamroNepalDainik.com
समाचारस्थानिय

पर्सा बाट लागु औंषध चरेस बरामद ।

बिरगंज , फागुन ०३ गते

सशस्त्र प्रहरी बल पर्साद्वारा लागु औंषध चरेस बरामद गरेको छ ।

वीरगञ्ज वडा नम्बर १६ ईनर्वा गाँउदेखि भारततर्फको जाने बाटोबाट सशस्त्र प्रहरीले लागूऔषध चरेस बरामद गरेको हो । सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले ३ किलो ९ सय ग्राम चरेस बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार चेकप्वाईन्ट थापेको देख्ना साथ तरकारी बोक्ने झोला फाली नेपालबाट भारततर्फ भागेका थिए ।

झोला बरामद गरी चेकजाँच गर्दा कार्टुन टेपले बेरिएको आठवटा प्याकेटमा ३ किलो ९ सय ग्राम चरेस फेला परेको छ । बरामद गरिएको चरेस आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले जानकारी दिएका थिए ।

Related posts

प्राईम कमर्सियल बैंकको वार्षिकोत्सवमा १० महिला सहित ७६ जनाले गरे रक्तदान

hamronepaldainik

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

hamronepaldainik

सन् २०३० भित्र वन फडानी रोक्न विश्वका नेताहरू सहमत

hamronepaldainik
HamroNepalDainik