HamroNepalDainik.com
समाचारस्थानिय

पर्सा बाट लागु औंषध चरेस बरामद ।

बिरगंज , फागुन ०३ गते

सशस्त्र प्रहरी बल पर्साद्वारा लागु औंषध चरेस बरामद गरेको छ ।

वीरगञ्ज वडा नम्बर १६ ईनर्वा गाँउदेखि भारततर्फको जाने बाटोबाट सशस्त्र प्रहरीले लागूऔषध चरेस बरामद गरेको हो । सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले ३ किलो ९ सय ग्राम चरेस बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार चेकप्वाईन्ट थापेको देख्ना साथ तरकारी बोक्ने झोला फाली नेपालबाट भारततर्फ भागेका थिए ।

झोला बरामद गरी चेकजाँच गर्दा कार्टुन टेपले बेरिएको आठवटा प्याकेटमा ३ किलो ९ सय ग्राम चरेस फेला परेको छ । बरामद गरिएको चरेस आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले जानकारी दिएका थिए ।

Related posts

कर्पोरेट बैंक र क्लासिक होटल हटाउने महानगरको कदमको सर्वोच्चद्वारा सदर

hamronepaldainik

कलैयामा सोमवारदेखि भौतिकरूपमा कक्षा सञ्चालन

hamronepaldainik

सिंगासन कलवार पर्सा–४ “ख”मा निकै कमजोर देखिन थाले

hamronepaldainik
HamroNepalDainik