HamroNepalDainik.com
समाचार

दिदी बहीनी दुबै जनाले एकैपटक लोक सेवामा नाम निकाल्न सफल

वीरगञ्ज, २२ माघ बारा जिल्लाको महागढीमाई नगरपालिका बस्ने एक परिवारको दिदी बहीनी दुबै जनाले एकैपटक लोक सेवामा नाम निकाल्न सफल भएका छन ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ निवासी पारसनाथ बरैका दुई जना छोरीहरुले एकैपटकमा लोकसेवामा नाम निकाल्न सफल भएका हुन । बरैका जेठी छोरी लालमुनी चौरसिया र कान्छी छोरी कोशिला कुमारी चौरसियाले लोकसेवामा एकैपटक नाम निकालेर नियुक्ति पाएका छन ।
दुवै जनाले स्वास्थ्य सेवामै नाम निकालेका हुन । बरैकी जेठी छोरी लालमुनीले प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश पोखरा अन्र्तगत अनमी पदमा नाम निकालेकी हुन भने, कान्छी छोरी कोशिलाले पनि सोही प्रदेशको स्वास्थ्य सेवाको अहेब पदमा नाम निकालेकी हुन । आफनी दुबै जना छोरीहरुले लोक सेवाको एकै पटकमा नाम निकाल्न सफल भएकोमा उनका बुवा पारसनाथ खुशीले गदगद भएका छन ।
उनको जेठी छोरीले तेस्रो पटकको प्रयासमा नाम निकालेकी हुन भने, कान्छी छोरीले पहिलो पटकमै लोक सेवाको परिक्षामा नाम निकाल्न सफल भएकी हुन । आफना दुबै छोरीहरुको कठोर मिहेनत र अध्ययनप्रतिको लगनशीलताको कारणले उनीहरुले नाम निकालेको बुवा बरैको भनाई छ । छोरीहरु पनि समाजमा छोरा भन्दा अलिकति कम नभएको बताउदै उनले छोराहरुले गर्ने काम छोरीहरुले पनि गरेर देखाउने गरेका कारण छोरीहरुलाई पनि अगाडी बढाउनुपर्ने बताउँछन ।
‘समाजमा छोरीहरु छोरा भन्दा कम छैनन् उनीहरुले पनि छोरा जस्तै काम गरेर देखाउन सक्छन, उनले भने, छोराहरु जस्तै शिक्षा र अवसर छोरीहरुलाई पनि दिनु परयो ।’छोरीहरु लोकसेवामा नाम निकालेपछि र सरकारी जागिर गरेपछि मात्रै बिहे गर्ने आफुले पहिलेदेखि नै सोच बनाएर राखेको बरैले जानकारी दिए । उनले आफनो छोरीहरुलाई जागिर गर्ने बनाएर आफनै खुटामा उभिन लगाएर मात्रै बिहे गर्ने सोचका साथ अघि बढाएको उनी बताउँछन ।
बिहेको बारेमा भने बरैको पनि अलग नै सोच छ । तराई मधेसमा रहेको दाईजो प्रथाको भने उनी बिरोधी हुन । आफनो छोरीहरुको बिहेमा एक रुपैया पनि दाईजोको रुपमा कसैलाई नदिने बरैको भनाई छ । ‘म आफनी छोरीहरुको बिहेमा एक रुपैया पनि दाईजो दिनेवाला छैन,उनले भने दाईजो दिएर बिहेबारी गर्नु राम्रो होईन ।’ बरैले दाईजोको नाममा मानिसहरुलाई खसी बाख्रा जस्तो मुल्य लगाईने गरिएको सुनाए । आफनी छोरीहरुले लोकसेवामा नाम निकालेपछि अब आफनो एउटै चाहना रहेको ६ महिनासम्म राम्ररी काम गरेर उनीहरुले देखाओस र आफनो जिवनमा अघि बढोस भनेर चाहना रहेको बरैले बताए ।

Related posts

सांसद यादवले संघीय सरकारको वन तथा वातावरण मन्त्रीको पदभार ग्रहण गरे

hamronepaldainik

भूमिसम्बन्धी समस्या सम्बोधन गर्न क्रान्तिकारी निर्णय लिइन्छ ः प्रधानमन्त्री

hamronepaldainik

सान्भी फाउन्डेसनद्धारा सञ्चालित सिलाई कटाई तालिम सम्पन्न

hamronepaldainik
HamroNepalDainik