HamroNepalDainik.com
समाचार

संक्रमण बढे स्मार्ट लकडाउन

२३ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण बढन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र संक्रमितहरुको परीक्षण तथा उपचारमा विशेष ध्यान दिन निर्देशन दिएका हुन् । सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन तथा कोभिड–१९ विरुद्ध खोप लगाउने कामलाई अझ तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।

बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ । संक्रमितहरुको संख्या बढेर गएमा भीडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा छलफल गरिएको स्वास्थ्यमन्त्री खतिवडाले बताए ।

सीसीएमसी बैठकले तेस्रो चरणको बुस्टर डोज खोप पनि अघि बढाउने अनुमति दिएको छ । Onlinekhabar

Related posts

प्रदेश न. २ का सरकारले बेटी बचाऊ बेटी पढाउको नाउमा भ्रष्टाचार गरेको अख्तियारको आरोप

hamronepaldainik

कर्फ्यूका कारण आजको रात्रि बजार स्थगित, भोलिको परिस्थिति बमोजिम निर्णय लिइने

hamronepaldainik

विश्रामपुरको प्रमुख प्रशासकीय अधिकृतमा ओझा हाजिर

hamronepaldainik
HamroNepalDainik