HamroNepalDainik.com
समाचार

नेपाल राष्ट्र बाद संघ ध्दारा पुर्ब श्री ५ युवराजधिराज पारस वीर विक्रम शाहदेव को जन्मोत्सव मनाइयो।

वीरगंज, पर्सा

नेपाल राष्ट्र बाद संघ केन्द्रीय कार्यालय वीरगंज पर्सा ध्दारा श्री ५ युवराजधिराज पारस वीर विक्रम शाहदेव ५१ औ शुभकामना जन्मोत्सव वीरगंजमा मनाइएको छ।

वीरगंज को घण्टाघर बाट बाजागाजा को साथमा जन्मोत्सव को शुभकामना र्याली नगर को बिभिन्न भाग को परिक्रमा गर्दै पारस सरकार जिन्दावाद, हिन्दू राष्ट्र कायम गर,राजा आउ देश बचाउ,एमसिसि लागु गर्न पाइदैन,देश बेचन पाउदैनन, विभिन्न नारा सहित नगर परिक्रमा गरेका थिए। नगर परिक्रमा गरी पुनं घण्टाघर चौकमा आइ कोण सभामा परिणत भएको थियो।

कोणसभा लाइ सम्बोधन गर्दै नेपाल राष्ट्र बाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाह ले अब देश हिन्दू राष्ट्र सहित को राजतन्त्र बिना देश बचाउन सक्दैन किनकी देश मा हिन्दु राष्ट्र र राजतन्त्रको को आवश्यकता रहेको बताउनु भएका छन। साथै राजा को बेला संचालन मा भएको कलकारखानाहरु बन्दरहेको यो नेताहरु संचालन गर्न सक्दैन त्यो मात्र राजा ले संचालन गर्न सकिन्छ किनकी देश को जन्ता माथि राजा को माया र सदभाव सदैरहन्छ त्यसैले देश मा राजतन्त्रको आवश्यकता छ केन्द्रीय अध्यक्ष जनकलाल शाह बताए।

उत्क जन्मोत्सव र्याली कार्यक्रम मा जिल्ला अध्यक्ष संगिता देबी शाह, उपाध्यक्ष उमाशंकर प्रसाद कलवार, राजेन्द्र पाल,सचिव संतोष कुमार गुप्ता, कोषाध्यक्ष बिसणु कुमार,बारा अध्यक्ष अच्छेलाल साह बजरंगी साह,बिश्व हिन्दू महासंघ का पृथ्वी झा, राधाकृष्ण चौहान,अफजल, बिरेन्द्र तेली, राष्ट्रिय प्रजातन्त्र पार्टी का जिल्ला सदस्य उदित सहनी, राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगरपालिका वडा नं १७अलौं का वडा इकाई कमिटी सभापति छठु साह कानु लगायत ले आ-आफ्नो धारणा राखेका थिए।

Related posts

चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ

hamronepaldainik

महिलाको हत्या काण्डमा तिन जना पक्राऊ

hamronepaldainik

वरिष्ठ सई सागरसमशेर राणा निलम्बित

hamronepaldainik
HamroNepalDainik