HamroNepalDainik.com
समाचारस्थानिय

एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनर वीरगंज पर्साको दोस्रो अधिवेशनबाट अध्यक्षमा गुप्ता चयन

वीरगंज ०३ पुष ।

एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनर वीरगंज पर्साको दोस्रो जिल्ला अधिवेशन शनिवार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । होटल साह दरबार वीरगंजमा भएको अधिवेशनले कमलेश गुप्ताको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।

जसको उपाध्यक्षमा अणु राणा, सचिवमा विजय कुमार साह, सह–सचिवमा राम प्रसाद चौरसिया, कोषाध्यक्षमा जय सुन्दर पाल, सदस्यहरुमा नरेश महतो, अरुण पटेल, महम्मद समिर अंसारी, सुनिल यादव, जयप्रकाश यादव र शिवशंकर ठाकुर सर्वसहमत रुपमा चयन भएका छन् ।

अधिवेशनको उदघाटन गर्दै प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. २ का सचिव डा. नम्रता सिंहले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै आ–आफ्नो क्षेत्रमा ईमान्दारी पूर्वक काम गर्न सुझाव दिनु भएको थियो । अहिले पनि गाउँ घरमा भेटेरिनरी चिकित्सकहरुको अभाव रहेकोले पशु कृषकहरुलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

बैजुलाल गुप्ताको अध्यक्षतामा भएको उदघाटन शत्रमा पशु क्वारेन्टाईन कार्यालय वीरगंजका प्रमुख डा. हरेराम यादव, त्यसैगरी डा. पुस्पेन्दर साह, डा. दिनेश कुमार तिवारी लगायतको सहभागीता रहेको थियो।

Related posts

नगरवासिको समस्या बुझ्न टोलटोलमा पुगे मेयर सिंह

hamronepaldainik

हरिखेतान क्याम्पसका प्रमुखले मनोमानी गरेको भन्दै नेवि संघद्वारा आन्दोलनको घोषणा

hamronepaldainik

सिडियाे अर्यालयकाे पहलमा बाल सुधार गृहलाई विभिन्न सामग्री सहयोग

hamronepaldainik
HamroNepalDainik