HamroNepalDainik.com
समाचार

देशमा थप २ सय ५४ जनामा देखियो कोरोना सङ्क्रमण

बिरगंज पर्सा। देशमा थप २ सय ५४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय ५४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ८२ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ८ लाख २४ हजार २ सय २२ पुगेको छ ।

२ सय ३४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ६ हजार ७ सय ७८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट देशमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related posts

विन्दवासिनी गा.पा.–३ मा बालविवाह तथा दाईजो प्रथा विरुद्ध जनचेतना मुलक तालिम सम्पन्न

hamronepaldainik

अध्यक्ष तिवारी र गाउँबासीहरुको सहयोगमा अष्टयाम सुरु

hamronepaldainik

सिंहदरबारभित्र अकस्मात गोली चल्दा‍‍‍‍…

hamronepaldainik
HamroNepalDainik