HamroNepalDainik.com
राजनीतिसमाचार

संसद विघटन सही थियो : विष्णु पौडेल

९ कत्तिक, बुटवल।

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन सही साबित भएको बताएका छन् ।

नेकपा एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको मंगलबार बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले संसद पुर्नस्थापनापछि संसद र सरकारले काम गर्न नसकेको हुँदा विघटन सही भएको जिकिर गरे ।

‘अदालतको परमादेशले संसद पुर्नस्थापित भयो,सरकार पनि बन्यो तर सरकार र संसद दुबैले काम गर्न सकेका छैनन्’–पौडेलले भने–‘यसबाट पुष्टि हुन्छ, संसद विघटन सही थियो ।’

नेता पौडेलले आउने निर्वाचनमा एमालेले तीनै तहमा कूल सिटको ६० प्रतिशत सिट जित्ने र मुलुकमा स्थिरता कायम गर्ने दावी गरे । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पानीको फोका भएको दाबी गर्दै उनले एमाले विभाजन भएको नभई केही स्वार्थी तत्वहरु चोइटिएर गएको आरोप लगाए ।

‘एमाले विभाजित भएको छैन, एमालेको शक्ति देखेर सत्तारूढ गठबन्धन नै अत्तालिएको छ’ पौडेलले भने, ‘विचार, संगठन र भूमिकामा एमाले सग्लै छ ।’ प्रथम विधान महाधिवेशनले एमालेभित्र रहेका दक्षिणपन्थी र बिर्सजनवादी तत्व परास्त भएको नेता पौडेलको भनाइ छ।

Related posts

वीरगंजको संकल्प लाेक सेवा इन्सच्युटमाआगलागी हुदा ५० लाख भन्दा बढीकाे क्षति

hamronepaldainik

गठबन्धनले दियो घरदैलोलाई निरन्तरता, राजेशमान प्रतिको आकर्षण बढ्दै

hamronepaldainik

लेखा अधिकृत कर्ण चलखेलका कारण औषधी खरिद प्रक्रिया अन्योलमा

hamronepaldainik
HamroNepalDainik