HamroNepalDainik.com
राजनीतिसमाचार

संसद विघटन सही थियो : विष्णु पौडेल

९ कत्तिक, बुटवल।

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन सही साबित भएको बताएका छन् ।

नेकपा एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको मंगलबार बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले संसद पुर्नस्थापनापछि संसद र सरकारले काम गर्न नसकेको हुँदा विघटन सही भएको जिकिर गरे ।

‘अदालतको परमादेशले संसद पुर्नस्थापित भयो,सरकार पनि बन्यो तर सरकार र संसद दुबैले काम गर्न सकेका छैनन्’–पौडेलले भने–‘यसबाट पुष्टि हुन्छ, संसद विघटन सही थियो ।’

नेता पौडेलले आउने निर्वाचनमा एमालेले तीनै तहमा कूल सिटको ६० प्रतिशत सिट जित्ने र मुलुकमा स्थिरता कायम गर्ने दावी गरे । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पानीको फोका भएको दाबी गर्दै उनले एमाले विभाजन भएको नभई केही स्वार्थी तत्वहरु चोइटिएर गएको आरोप लगाए ।

‘एमाले विभाजित भएको छैन, एमालेको शक्ति देखेर सत्तारूढ गठबन्धन नै अत्तालिएको छ’ पौडेलले भने, ‘विचार, संगठन र भूमिकामा एमाले सग्लै छ ।’ प्रथम विधान महाधिवेशनले एमालेभित्र रहेका दक्षिणपन्थी र बिर्सजनवादी तत्व परास्त भएको नेता पौडेलको भनाइ छ।

Related posts

लागुऔषधले पार्ने असर ,चुनौती,विषयगत वक्तित्वकला प्रतियोगिता सम्पन

hamronepaldainik

गृहमन्त्रालयको पत्र नआएसम्म वीरगञ्ज भन्सार नाका खोलिदैन : प्रमुख जिल्ला अधिकारी पौडेल

hamronepaldainik

युवा नेता धिरज गुप्ता द्वारा कांग्रेस को केन्द्रीय सदस्य मा निर्बाचित चौरसियालाई शुभकामना

hamronepaldainik
HamroNepalDainik