HamroNepalDainik.com
प्रदेशसमाचार

बस दुर्घटनामा : घाइतेको उद्धार गर्न सरकारले पठायो सेनाको हेलिकप्टर

८ कात्तिक, ।

पाँचथर बस दुर्घटनामा घाइते भएकालाई उद्धार गर्न सरकारले नेपाली सेनाको हेलिकप्टर पठाएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको एमआइ १७ हेलिकप्टर पठाइएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा बसका चालकसहित ६१ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरेको थियो ।

Related posts

पर्सामा नवनिर्वाचित १३ पालिका प्रमुखले लिए सपथ

hamronepaldainik

तराई मधेसमा वर्षको तथा हावाहुरीका कारणले किसानहारु चिन्तितमा

hamronepaldainik

पत्नीकाे हत्या आरोपमा पति पक्राउ

hamronepaldainik
HamroNepalDainik