HamroNepalDainik.com
समाचारस्थानिय

बेवारिसे अवस्थामा १२० केजी गाँजासहित भारतीय ग्याँस ट्याङकर प्रहरीको नियन्त्रणमा

वीरगञ्ज २८ असोज । पर्सा प्रहरीले बेवारिसे अवस्थामा रहेको एक सय २० केजी अवैध गाँजासहित एलपी ग्याँस बोक्ने भारतीय नम्बरको ट्याङकरलाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ स्थित आईसीपी गेट अगाडी बेवारिसे अवस्थामा रहेको सो परिमाणको गाँजासहिँत उक्त ट्याङकरलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा प्रहरी टोलीले एनएल ०१ के ०७५४ भारतीय नम्बरको ट्याङकरमा खान तलासी गर्दै जाँदा चालक बस्ने क्याबिन भित्र सुनियोजित तरिकाले लुकाइ छिपाई राखिएको अवस्थामा लागु औषध फेला परेको र ट्याङकर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जानकारी दिएको छ ।

बरामद गरिएको गाँजासहित ट्याङकरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ, भने फरार रहेका चालकको पहिचान गरि खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।

Related posts

कर्मचारी दुर्व्यवहार गर्नेलाई कारवाही गर्न संगठनकाे २४ घण्टे अल्टिमेटम

hamronepaldainik

कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न

hamronepaldainik

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

hamronepaldainik
HamroNepalDainik