HamroNepalDainik.com
राष्ट्रियसमाचार

वीरेन्द्रनगर नगरपालिकाको एक वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ नं वडा कार्यालयमा एकजनाले आगजनी गरेका छन् । सोही वडाका वास्ताम लामिछानेले बुधबार वडा कार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

उनले पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष गंगराम सुनारले जनाएका छन् । आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा पूर्ण क्षति पुगेको छ । अध्यक्ष वस्ने कुर्सी, सोफा, दराज त्यहाँ रहेका कागजात जलेर नष्ट भएको छ ।

वडाध्यक्ष कार्यकक्षमा नभएको मौकामा आगजनी गरिएको हो । आगजनीपछि प्रहरी घटनास्थल पुगेको छ । मेयर देवकुमार सुबेदी पनि घटनास्थल पुगेका छन् ।

Related posts

भरतपुरमा बोराभित्र दुईवटा शव भेटियो

hamronepaldainik

वीरगंजमा लाईसेन्स रकममा विक्री हुने गरेको खुलासा

hamronepaldainik

विपद् व्यवस्थापनमा सहयाे पुऱ्याउने संस्थाहरु सम्मानित

hamronepaldainik
HamroNepalDainik