HamroNepalDainik.com
स्थानिय

स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सनट्रेटर सहयाेग

वीरगंज । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोगमा एक्सनएड नेपाल र दिव्य युवा क्लव पर्साको सहजीकरणमा कोभिड–१९ सङ्क्रमितहरुको उपचार तथा सङ्क्रमण रोकथाम गर्नको लागि पर्साकाे पटेर्वा सुगौली गाउँपालिकाका ५ वटा स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सनट्रेटर सहयाेग गरिएकाे छ ।

दिब्य युवा क्लब पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले पटेर्वा सुगौली गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत भुजेन्द्र प्रसाद यादवलाई एक कार्यक्रमकाे बिच साे अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेका हुन् ।

पर्सा जिल्ला कोभिड १९ को संक्रमणको उच्च जोखिममा रहेकोले कोभिडको महामारीको समयमा अक्सिजन कन्सनट्रेटर धेरै नै सहयोग पुग्ने प्रमुख प्रशासकिय अधिकृत यादवले बताए ।

सहयाेग गिरएकाे एउटा अक्सिजन कन्सनट्रेटरको मुल्य रु १ लाख १५ हजार २ सय ५५ रहेको दिव्य युवा क्लबका कार्यकारी निर्देशक कुर्मीले जानकारी दिए ।

अक्सिजन कन्सनट्रेटर हस्तान्तरण कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा प्रमुख तथा सबै स्वास्थ्य चौकीका प्रमुखहरु लगायत दिब्य युवा क्लबकाे कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Related posts

भोली देखि टाईफाइड रोग विरुद्धको खोप लगाईने

hamronepaldainik

वीरगन्ज २० को सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु हुने पहिलो निर्णय गरियो

hamronepaldainik

वीरगंजमा बन्न लागेको प्रकृतिक चिडियाखानाको काम चाडो सम्पन्न गर्न सरोकारवालाको जोड

hamronepaldainik
HamroNepalDainik