HamroNepalDainik.com
समाचार

गैंडाकोटमा बस र ट्रक ठोक्किंदा ३ जनाको मृत्यु

२९ भदौ, चितवन । नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।

गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएका हुन् ।

बस सडकदेखि १० फिट तल खस्दा दुई जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकहरुको परिचय खुलेको छैन ।

प्रहरीका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको छ ।

Related posts

सखुवा प्रसौनी गा.पा.ले कार्य सम्पादन मुल्यांकन निष्पक्ष नगरेको दाबी

hamronepaldainik

किशन सर्राफको अध्यक्षतामा वीरगञ्ज सामाजिक संस्था महासंघ गठन

hamronepaldainik

वीरगञ्जमा मोफसलकै पहिलो मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्ट हुने,

hamronepaldainik
HamroNepalDainik